पलिस्थाकाे उदघाेषण तथा क्षमता अभिबृद्धी तालिम सम्पन्न
जेठ २२, २०८१, मङ्गलबार | दिउँसो ०१:०१ बजे | 25
मध्यपुर थिमि न.पा. ४ नं. वडाकाे लागत साझेदारीमा पलिस्था पुच: मरुटाेलकाे आयाेजनामा सचालन भएकाे १० दिने उदघाेषण कला तथा क्षमता अभिबृद्धी तालिमको सम्पन्न भयाे । ४ नं. वडा अध्यक्ष श्री बालकृष्ण श्रेष्ठले उदघाटन गर्नु भएकाे तालिममा ४ नं. वडा क्षेत्रका २३ जना महिला तथा पुरुष युवाहरुलाई तालिम दिईएकाे थियाे । पलिस्था पुचःका अध्यक्ष सम्झना श्रेष्ठकाे सभापतित्वमा समापन तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न भएकाे थियाे । तालिमकाे उदघाट्न, अनुगमनका क्रममा वडा सदस्य मदन ख्या श्रेष्ठ र उमेश बाेडे श्रेष्ठले तालिम संचालनको आवश्यकता, महत्व माथि प्रकाश पार्दै युवाहरुकाे ब्यक्तित्व विकास तथा क्षमता अभिबृद्धी गर्न यश प्रकारकाे तालिम संचालन आवश्यक रहेकाे विचार ब्यक्त गर्नु भयाे । वडाबासी युवा ब्यक्तिहरुकाे उदघाेषण कला तथा ब्यक्तित्व क्षमता अभिबृद्धि गर्ने उदेश्यले कार्यक्रम संचालन गरिएको थियाे । संगीत, कला र संस्कृति संरक्षण गर्दै युवा वर्गकाे प्रतिभा विकास गर्ने उदेश्य राखि स्थापना भएकाे पलिस्था पुच: काे पहिलाे कार्यक्रम ब्यवहारिक र उपलब्धिमुलक रहेकाे अनुभव सहभागीहरुले बताउनु भएकाे छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले साेमबार आयाेजित समापन तथा प्रमाणपत्र वितरण समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नु भयाे ।