रसियन आर्मीमा गएका थापाले भने, कृपा गरेर मेरो ज्यान जोगाउनुहोस्


जेठ २२, २०८१, मङ्गलबार | विहान ०७:४९ बजे | 60


रसियन आर्मीमा गएका थापाले भने, कृपा गरेर मेरो ज्यान जोगाउनुहोस्

काठमाडाैं । रसियन आर्मीमा गएका मनाेज थापा यतिखेर आफ्नाे ज्यान बचाउनकै लागि भागेर नेपालका लागि रसियन एम्वेसी मस्काेमा पुगेका छन् । बारा जिल्ला निजगढ घर भएका थापा नाै महिना अघि झुक्याएर रसियन आर्मिमा भर्ती हुन पुगेका थिए । पटक पटक आफ्नाे ज्यान बचाउनका लागि नेपाल सरकारसंग पहल गरिदिन माग गरे पनि कसैले उनकाे आवाज नसुनेकाे भन्दै उनि भागेर आफ्नाे ज्यान बचाउनकै लागि रसियन एम्वेसी मस्काेमा पुगेकाे बताएका छन् । उनले त्यहाँ पुगेर अनुनय विनय गर्दा एम्वेसीले वास्ता नगरेकाे बताएका छन् । उनले त्यहाँबाट छिट्टै पहल गरिदिन पनि नेपाल सरकारसंग आग्रह गरेका छन् ।

उनकाे भनाइ जस्ताकाे तस्तै ' लडाइमा बस्न सक्ने स्थिती छैन म हिजाे भागेर मस्काे आएकाे छु । यहाँकाे एम्वेसीले पत्र बनाइदिएपनि एयरपाेर्टमा पुलिसले समात्छ रे। पुलिसले समातेपछि फेरी रेड जाेनमा लगेर हाल्छ रे त्यसैले मेराे ज्यान बचाउन नेपाल सरकारसंग पहल गरिदिनुस न'

Comments