भक्तपुर साकोसले २४ औं स्थापना दिवस मनाउँदै


कार्तिक १९, २०७७, बुधबार | विहान ११:३८ बजे | 15


भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको नामले स्थापना भएको सहकारीले बुधबार २४ औं स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै कोरोना भाइरस संक्रमित भएको सदस्य समुदायलाई उपयोगी सामग्री वितरण गर्दै मनाउने भएको छ । साथै जेष्ठ नागरिकहरुलाई फलफूल तथा जेष्ठ सदस्य पोषण वितरण गरी मनाउने भएको हो । संस्थाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो संस्थाका गतविधि र सेवा सुविधाहरुबारे जानकारी दिएका थिए ।
स्थापनाको २४ वर्षसम्म आईपुग्दा काठमाण्डौ उपत्यकाकै उत्कृष्ट सहकारीको रुपमा विकास गरेको संस्थाको दाबी छ । यस अवधिमा भक्तपुर जिल्लाभर कार्यक्षेत्र बनाएर ७,४६८ जना सदस्य तथा १,२५५ बाल सदस्यबाट ९ करोड ९४ लाख २९ हजार ५सय शेयर पूँजीका साथ २ अर्व ७ करोड ६६ लाख १५ हखबजार ९६ रुपियाँ ऋण प्रवाह एवं २ अर्व २२ करोड ६२ लाख ७८ हजार ८१६ बचत संकलन गर्न सफल भएको बताएको छ । सो संस्थाले मंगलबारसम्ममा २ अर्व ५६ करोड ३९ लाख ६५ हजार ७५५ कारोबर गर्न सफल रहेको जनाएको छ ।
३६५ दिन नै कार्यालय सञ्चालन, संस्थाको आफ्नै सुविधा सम्पन्न कलात्मक २ वटा भवन, कम्प्यूटर प्रणालीबाट कारोबार, रेमिट्यान्स सेवा, बैंक ब्यालेन्स सो ब्यवस्था, असल ऋणीलाई ब्याजदरमा १ प्रतिशत छुट र समुदायमा आधारित सहकारीको विशेषता बनाएको अध्यक्ष बलराम प्रजापति सो अवसरमा बताए ।
अन्तर्राष्ट्यि बचत तथा ऋण सहकारी संघको सिद्धान्त एवं नेपाल सरकारको सहकारी ऐन २०४८ को अधिनमा रहि समुदायमा आधारित उत्कृष्ट सहकारीको रुपमा स्थापित गर्ने संस्थाको परिकल्पना अनुसार सो संस्थाले समुदायबाट सदस्यहरुको आर्थिक, सांस्कृतिक, ब्यवहारिक, शैक्षिक तथा समाजिक क्षेत्रमा सदस्य आत्मनिर्भर गराउन सरल एवं सुलभ तरिकाबाट बचत तथा ऋणको कारोबार गरी आर्थिक रुपमा सबल बनाउनु संस्थाको ध्येय रहेको पनि बताए ।
संघका अध्यक्ष प्रजापतिले संख्यात्मक वृद्धि भन्दा गुणस्तरी सेवा दिने उदेश्यका साथ भक्तपुर जिल्लाका समुदायलाई सहुलियत दरमा ऋण तथा बचत सेवा दिन्दै आएको बताउनु भयो । जेष्ठ नागरिकका लागि आदर निकेटन समेत बनाउन तयारी गरेको उल्लेख गर्दै उहाँले भक्तपुर साकोस काठमाण्डौ उपत्यकाकै उत्कृष्ठ कारोवार गर्ने संस्थाको रुपमा विकास गरेको बताउनु भयो ।
सम्पदा निर्माण, सदस्य सहायता कोष, भूकम्प पीडित मृतक परिवारलाई आर्थिक सहयोग, शैक्षिक प्रमाण पत्र धितो ऋण, सहुलियत दरको रासायनिक मल वितरण, जेष्ठ नागरिक घरदैलो ब्याज वितरण सहित संस्थाले स्थापना काल देखि कृषि, खेलकूल, ब्यबसायिक, शैक्षिक, साँस्कृतिक, स्वास्थ्य लगायत विभिन्न सामाजिक गतिविधीहरु आयोजना गर्दै आएको बताउनु भयो ।

Comments