नेक संस्थापक माननीय के.सि.को निधन
कार्तिक १८, २०७७, मङ्गलबार | विहान ०६:०५ बजे | 70
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज(नेक)कासातजना संस्थापकहरू मध्ये कलेज स्थापनामा सवभन्दा पछि जोडिनु भएका माननीयश्री सूर्य बहादुर के.सि.ज्यूको हिजो कार्तिक १७ गते पोखरामा निधन भएको छ। वहाँ २०५१ साल देखि २०६० साल सम्म नेपाल इन्जिनियरिङ कलेजको संचालक समितिका सदस्य हुनुहुन्थ्यो। तत्कालिन माछापुछ्रे वैंकका अध्यक्ष रहनुभएका माननीय के.सि.ज्यूले सो वैंकबाट नेपाल इन्जिनियरिङ कलेजलाई ऋण दिलाउने क्रममा कलेज संचालक समितिबाट २०६० वैशाख महिनामा राजिनामा दिनु भई कलेज संचालक समितिबाट बाहिरिनुभएको थियो। मृदुभाषी र सरल स्वभावकामाननीयश्री सूर्य बहादुर के.सि.ज्यूलाई कलेजका तत्कालिन अध्यक्ष श्री लम्वोदर कुमार न्यौपानेले सामाजिक संस्थाकोरुपमा संचालित नेपाल इन्जिनियरिङ कलेजलाई नीजि बनाउने षडयन्त्रमा अनेक लोभ देखाई नराम्ररी फसाउनुभएको थियो। लगभग दस वर्ष अगाडि श्री के.सि.ज्यूलाई अचानक ठूलो रोगले सताएको र त्यसवेला नेपालमा उपचार हुन नसक्ने देखेर वहाँ थाइलाएण्डको एउटा असपतालमा उपचार गराई फर्किनु भएको थियो। तर रोग पूर्णरुपमा निको नभएकोले वहाँ बेलाबेलामा विरामी भइरहनु हुन्थ्यो। यहि कमजोरीको भरपुर फाइदा उठाईश्री लम्वोदर कुमार न्यौपानेले विभिन्न जाली कागजहरूमा श्री के.सि.ज्यूको हस्ताक्षर लिन सफल भएपछि अनावस्यक रुपमा श्री के.सि.ज्यू कलेज स्वामित्वको विवादमा फस्नुभएको थियो। यहि विवादको छानविनको क्रममा सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले कलेज संस्थापकहरूको सम्पत्ती छानविन गर्दा वहाँको नाममा समेत स्रोत नखुलेको तीस करोड रुपैया भेट्टाएको थियो।
पोखरा‚ कास्की निवासी श्री किर्ति बहादुर के.सि.का सुपुत्र माननीय श्री सूर्य बहादुर के.सि.ज्यूले विभिन्न परियोजनाहरू तथा उद्योगहरूमा लगानी गर्नुभएको थियो। धेरै वर्ष पंचायत कालीन राजनिती गर्नुभएका‚ मुलुकमा बहुदलीय व्यवस्था पछि रा.प्र.पा. सदस्य रहनुभएका र वेलावेलामा समाज सेवामा लाग्नुभएका श्री के.सि.ज्यूपछिल्लो समयमा नेपाली कांग्रेसको समानुपातिक तर्फबाट प्रतिनिधी सभाको सदस्य हुनुहुन्थ्यो।