विश्वशान्ति ध्यान केन्द्रको तेश्रो साधारणसभा सम्पन्न
कार्तिक १८, २०७७, मङ्गलबार | विहान ०३:०३ बजे | 65
विश्वशान्ति ध्यान केन्द्रको तेश्रो साधारणसभा सम्पन्न
भक्तपुर, कार्तिक १७ । विश्वशान्ति ध्यान केन्द्रको अध्यक्ष स्वामी कल्याण मित्रको सभापतित्वमा भएको एक समारोहमा यस केन्द्रको तेश्रो साधारणसभा सुसम्पन्न भयो । उक्त केन्द्रका सचिव श्री विक्रम देबबञ्जारज्यूले त्यस केन्द्रको २०७७ सालको प्रगति विवरण तथा अडिटरको रिपोर्टका साथ वार्षिका आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
केन्द्रका अध्यक्ष स्वामी कल्याण मित्रज्यूले यस केन्द्रको २०७७ सालको लागि विभिन्न १३ वटा बुँंदाहरुमा भावी कार्यक्रम तथा योजनाहरु प्रस्तुत गर्नुभयो । केन्द्रको विधान अनुसार १३ जनाको नयाँं कार्य समिति गठन गरियो ।
नयाँं कार्य समितिमा १ अध्यक्ष स्वामी कल्याण मित्र, २ उपाध्यक्ष डा इनदुल केसी, ३ सचिव श्री विक्रम देबबञ्जार, ४ सहसचिब ई श्री रामप्रसाद शर्मा, ५ कोषाध्यक्ष श्रीमती कुसुम रेग्मी, ६ सहकोषाध्यक्ष श्री माधव अधिकारी, ७ सदस्य माता सावितीदेवी, ८ श्रीमती सरला शर्मा, ९ श्रीमती बुद्धलक्ष्मी आगञ्जा, १० श्री मोहनप्रसाद लामिछाने, ११ श्री सत्यनारायण श्रेष्ठ, १२ श्री खड्ग पौडेल, १३ श्री सागेन्द्र जोशी हुनुहुन्छ ।
हाल विश्वभरि नै व्यापक रुपमा फैलिरहेको अशान्ति, तनाब, चिन्ता, कष्टपीडा, रोगको महामारीलाई शान्त पार्न विश्वशान्ति महायज्ञ अनुष्ठान उपयुक्त विधिद्धारा उपयुक्त समयमा सम्पन्न गराउने र यस केन्द्रको लागि तत्काल एउटा अक्षयकोष स्थापना गर्ने, त्यस कोषमा विभिन्न सरकारी निकायहरु, राष्टिय अन्तर्राष्टिय संघ संस्थाहरु, दाता महानुभाबहरुबाट आर्थिक तथा भौतिक श्रोतसाधनको लागि उपययुक्त माध्यमद्धारा अनुरोध गर्ने । यस केन्द्रको विभिन्न जिल्लामा रहेका शाखाहरु त्था विदेशमा रहेका सम्पर्क केन्द्रहरुको प्रतिनिधिहरुको काठमाडौंमा एक बृहत भेला गर्ने र यसरी नै पश्चिमाञ्चाल र पूर्वाञ्चल क्षेत्रमा अलगअलग क्षेत्रीय भेला कार्यक्रम गर्ने पनि यसैवर्ष निर्णय गरियो ।
भक्तपुरको श्री बाराहीपीठमा भएको यस साधारणसभालाई सोसियल डिष्टेन्टको व्यवस्था मिलाई सञ्चालन भएको साधारण सभाको सुरुमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको सुरुवात भएको थियो ।