भक्तपुर औद्योगिक क्षेत्रका प्रदूषण फाल्ने उद्योग स्थानान्तरणबारे राज्यमन्त्री दुगडसँग छलफल


कार्तिक १७, २०७७, सोमबार | विहान ०४:४० बजे | 60


काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको सरकारी कार्यकक्ष सिंहदरबारमा जनप्रतिनिधिहरू सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, वडाध्यक्ष हरिप्रसाद बासुकला, ध्वनि र धुवा पीडित जनता, औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालयका प्रतिनिधि, उद्योगीहरूका प्रतिनिधिबीच भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र रहेका मानव स्वास्थ्यमा हानि हुने गरी ध्वनि र धु“वा प्रदूषण फैलाउने उद्योगहरू स्थानान्तरण गर्नेबारे आइतबार छलफल भयो ।
सरोकारवालाहरूले स्वेटर बुन्ने तर्पmबाट नेपो इन्डष्ट्रिजमा ध्वनि र धुवा प्रदूषण पैmलाउने स्वचालित टेक्सटाइल मेसिन सञ्चालन गरिएको, गएको भदौ २० र २१ गते विनास्वीकृति थप टेक्सटाइल मेसिन ल्याई सञ्चालन गरी सरकारको राजस्वसमेत चुहावट भएको हुदा तत्काल ध्वनि र धुवा प्रदूषण फैलाउने उद्योग स्थानान्तरण गर्न राज्यमन्त्री दुगडसग आग्रह गर्नुभयो
सरोकारवालाहरूले नेपाल सरकारको आ.व. २०७३÷७४ को प्रतिबद्धताअनुसार भक्तपुर औद्योगिक क्षेत्र काठमाडौ उपत्यका बाहिर स्थानान्तरण गर्न राज्यमन्त्री दुगडको ध्यानाकर्षण गराउनुभयो ।
पीडित जनताका प्रतिनिधिहरूले साना औद्योगिक क्षेत्रबाट टेक्सटाइल र डाइड्डजस्ता ध्वनि र धुवा प्रदूषण फाल्ने ठूला उद्योगहरू हटाउनुपर्ने सिफारिस भक्तपुर नगरपालिकाबाट समेत भइसकेको हुदा त्यसलाई कार्यान्वयन गर्न मन्त्री दुगडसग आग्रह गर्नुभयो ।
छलफलमा उद्योग राज्यमन्त्री दुगडले भक्तपुर औद्योगिक क्षेत्रभित्रका ध्वनि र धुवा प्रदूषण पैmलाउने उद्योग स्थानान्तरण गर्ने विषयमा सम्बन्धित सरोकारवालाहरू समावेश एउटा समिति बनाई समस्या समाधान गर्ने र आफूले पनि सो उद्योग निरीक्षण गर्ने बताउनुभयो ।
उहाले औद्योगिक क्षेत्रका ध्वनि र धु“वा प्रदूषण पैmलाउने उद्योगको कारण सांस्कृतिक र ऐतिहासिक महवका भक्तपुरको कला र सम्पदामाथि आ“च आउने कुनै पनि गतिविधि हुन नदिनेमा जोड दिनुभयो ।
जनताको शान्तिपूर्वक बाच्न पाउने अधिकार सुनिश्चितताको लागि मन्त्रालयले सकारात्मक कदम चाल्नेतर्फ आश्वस्त पार्दै मन्त्री दुगडले जनताको साथ र सहयोगले देश समृद्ध बनाउन सम्भव हुने बताउनुभयो ।
छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले सरकारका अधिकारी र उद्योगी व्यापारीले जनताको पीडा आप्mनो पीडा ठानेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले साना औद्योगिक क्षेत्र भनी स्थापना भएको, मानव बस्तीबीचमा परेको क्षेत्रमा जस्तापाता मोडेको टहरामा ध्वनि र धुवा प्रदूषण हुने टेक्सटाइल र डाइड्ड उद्योग सञ्चालन गराउनु सम्बन्धित अधिकारीहरूको गल्ति भएको हुदा अब सच्याउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राज्यमन्त्री दुगडलाई भक्तपुर औद्योगिक क्षेत्रको ध्वनि र धुवा प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरण गर्नेबारे पत्र हस्तान्तरण गर्दै यहाका उद्योगी–व्यापारीले स्थानीय सरकार भक्तपुर नगरपालिकाको निर्देशन पालना गर्नुपर्ने र तोकिएबमोजिमको कर नगरपालिकालाई तिर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
[[img2]]
उहाले केही उद्योगहरूबाट निस्कने धुवा, धुलो, ध्वनि तथा रसायन प्रदूषणले वरपर बसोबास गर्ने पीडित नागरिकहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको र विश्व सम्पदा क्षेत्रमा सूचिकृत भक्तपुर दरबार क्षेत्रसग जोडिएको सो उद्योग क्षेत्र स्थानान्तरण गर्न आवश्यक पहल गरिदिन र सरकारले साना र हस्तकलामा आधारित उद्योग क्षेत्र विकास गर्ने उद्देश्य राखी अधिग्रहण गरेको सो क्षेत्रको उद्योग सोहीबमोजिम उपयोग गर्न भक्तपुर नगरपालिकालाई जिम्मेवारी दिन राज्यमन्त्री दुगडसग आग्रह गर्नुभयो ।    
छलफलमा भक्तपुर औद्योगिक क्षेत्रका व्यवस्थापक बलराम बोगटीले केही उद्योगबाट निस्केको ध्वनि र धुवा प्रदूषणबारे स्थानीय जनताको विरोध भएको तर नेपो इन्डष्ट्रिजले निजी संस्थाबाट प्रदूषण नभएको अध्ययन गरेको कागज पेश गरेको बताउनुभयो ।
नेपोका प्रशासक प्रमोद काफ्लेले प्रमुख बोगटीबाट सत्य कुरा सार्वजनिक नभएको, अहिले आधीमात्र टेक्सटाइल मेसिन चलेको र पूरा चलेपछि झन् आवाज बढ्ने बताउनुभयो ।
वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले जनताको स्वास्थ्यलाई ध्यान दिई भक्तपुर औद्योगिक क्षेत्रबाट ध्वनि र धु“वा प्रदूषण फाल्ने उद्योगहरू अविलम्ब स्थानान्तरण गर्नुपर्ने र लकडाउनको बेला बाहिरका मानिस औद्योगिक क्षेत्रमा प्रवेश गराइ“दा कोभिड सङ्क्रमण पैmलिएको बताउनुभयो ।
ध्वनि र धुवा पीडित विनोदचरण रायले सरकारी प्रतिबद्धताअनुसार सो औद्योगिक क्षेत्र उपत्यकाबाहिर स्थानान्तरण गर्नु नै उत्तम विकल्प भएको बताउनुभयो ।
प्रिन्टिड्ड प्रेस उद्योगी शड्ढरकुमार खड्काले स्थापनाको बेला साना औद्योगिक क्षेत्र नै भएको हुदा उचित क्षतिपूर्ति भए स्थानान्तर हुन सजिलो हुने बताउनुभयो ।
उद्योगीका सल्लाहकार पाठक भन्नेले श्रीपद्म विद्यालयभन्दा अगाडि औद्योगिक क्षेत्र स्थापना भएको र उद्योगले नपालाई कर तिर्न नपर्ने बताएपछि छलफलमा निजसग विवाद नै भयो ।

फाेटाेमा हेर्नुहाेस्...

Comments