आगलागी हुँंदा ग्यास शिलिण्डर विस्फोट
भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं २ दुवोकाटमा शुक्रबार साँंझ आगलागी भएको छ । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार मासु काट्ने वेच्ने टहरोमा भएको आगलागीले त्यहाँं भएका दुई वटा शिलिण्डर विस्फोट भएका छन् । विस्फोटपछि त्यहाँं ठूलो आगलागी भएको छ । तर पनि केही मानवीय क्षति नभएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जनाए । अहिले त्यहाँं आगो निभाउने प्रयास भइरहेका उनले जानकारी गराए । विस्तृत विवरण भने आउन बाँंकी नै छ ।

...

All Comments.......


Please Login/Register To Comments