जसको नेतृत्व गर्ने क्षमता नै छैन अहिले उसले नेतृत्व गर्ने अवसर मिलिरहेको छ
चैत १८, २०८०, आइतबार | विहान ०९:२१ बजे | 10
(रामचन्द्र प्रजापति भक्तपुरका एमाले नेता तथा कवि हुन् । विक्रम संवत २०३६ साल चैत १९ गते(ज्ञकत ब्उचष् िज्ञढडण्) भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका ९ साविक १ मा रहेको तौलाछेँ टोल स्थित चुकननिमा बुबा राजकुमार प्रजापति र आमा बुद्धलक्ष्मी प्रजापतिको जेठो छोरोको रुपमा उनको जन्म भएको हो । २०६३ सालमा वहाँले रोशनी शिल्पकारसंग प्रेम विवाह गर्नुभयो । भक्तपुर बहुमुखी क्याम्पसबाट मानविकी संकायमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि वहाँले ब्यवस्थापन विषयमा पनि प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभयो । वहाँले विद्यालय शिक्षा भने बागीश्वरी माध्यमिक विद्यालयबाट पूरा गर्नु भएको थियो ।
राजनीतिका अतिरिक्त पत्रकारिता र सामाजिक क्षेत्रमा पनि सक्रिय प्रजापति पुराना लेखापढी ब्यवसायी समेत हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (माले)को २०५६ सालमा पार्टी साधारण सदस्यता लिएका प्रजापति पार्टीको जिल्लाका विभिन्न पदमा काम गर्दै हाल प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन आयोग सदस्य हुनुहुन्छ । भक्तपुरबाट प्रकाशित परिवर्तनशील आवाज साप्ताहिकको प्रकाशक सह सम्पादक प्रजापति विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि आावद्ध हुनुहुन्छ । विगत एक वर्ष देखि परिवर्तन समाज गठन गरी त्यसको अध्यक्ष समेत रहेका प्रजापतिसंग हाम्रा विशेष संवाददाताले समसामयिक विषयमा रहेर गरेको कुराकानीको सारसंक्षेप सं.)
० भक्तपुरमा एमालेको रथ हाँकिरहनु भएको तपाईको विचारमा राजनीति र नेतृत्वको सम्वन्धमा के धारणा राख्नु हुन्छ ?
– जसको नेतृत्व गर्ने क्षमता अधिक छ उसले नेतृत्व गर्ने अवसर पाइरहेको छैन, जसको नेतृत्व गर्ने क्षमता नै छैन अहिले उसले नेतृत्व गर्ने अवसर मिलिरहेको छ ।
० पछिल्लो समय भक्तपुरको स्थानीय निकायले फरक विचार भएकालाई सेवा सुविधामा गरिने विभेदको विषयमा आवाज उठाइरहनु भएको छ । खासमा बास्तविकता के हो ?
– स्थानीय तहले सेवा सुविधा सबै आम नागरिकलाई समान रुपमा दिनु पथ्र्यो । स्थानीय तहले दिने सेवा सुविधा राजनीतिक सिद्धान्त र विचार फरक भएको आधारमा विभेद गर्नु पनि अपराध हो ।
० बिहान दिनको सुरुवात हो । तपाईं ढिलोसम्म सुत्ने राती अबेर काम गर्ने ब्यक्तित्वमा पर्नु हुन्छ । खास दैनिक कसरी सुरु हुन्छ ?
– बिहान ढिलो उठनु मस्त निन्द्रा लागेकोले होइन । मेरो काम, कर्तब्य तथा जिम्मेवारी निष्ठापूर्वक पूरा गरी थकाई मार्न आराम गरिरहेको मात्रै हो । म बिहान उठेदेखि बेलुकी नसुतुन्जेलसम्मको दैनिक कार्यतालिका बनाएर काम गर्छु । सोही अनुसार प्रायः दैनिक चलाउने गर्दछु ।
० मित्रतामा हुनुपर्ने ब्यवहार कस्तो हुनुपर्दछ ?
– पुरानो र नयाँ साथीहरुको एउटै संयोजन गरी सकारात्मक रुपमा अतितदेखि वर्तमानसम्म खुलेर गफसफ गर्न सक्ने ब्यवहारिक हुनु पर्दछ । सायद मेरो ब्यवहार थाहा पाएकोले हो या मेरो ब्यवहारको प्रभावले हो हाई हेलो साथीहरुसंग रमाइलो गफ सुन्न बस्न चाहँदा चाहँदै बस्ने समय हुँदैन । यसरी समय परिस्थिति अनुसार आफू चल्ने होइन कि आफ्नो क्षमता अनुसार समय परिस्थितिलाई काबूमा राखेर साथीहरुसंग ब्यवहार गर्दछु ।
० सफलताका लागि मानिसहरुले के गर्नु पर्ला ?
– जीवनमा सानो कुराबाट सुरुवात गर्नु खराब कुरा होइन । यो राम्रो कुरा हो । बुद्धले भन्नु भएको थियो, एउटा जग थोपा थोपा पानीले भरिने गर्दछ । त्यसै गरी बुद्धिमान मानिसले सानो सानो कुरा समेटेर आफूलाई राम्रा कुराहरुले भरिपूर्ण गर्दछ । कसैले पनि कुनै सफलता रातारात पाएको हुँदैन । त्यसैले सम्झिनु पर्छ कि सानो कुराबाट सुरुवात गरौं र जग नभरिन्जेल धैर्यवान बनौं । सीप क्षमता योग्यता पैसा हुँदैमा सफल इतिहास बनाउन सकिन्छ भन्ने होइन । जबसम्म सीप क्षमता योग्यताको साथै पैसा भएपनि जो राजनीतिक शक्तिको छायाँमा परेको हुन्छ । तब सम्म समाज परिवर्तनको लागि सफल योगदान गर्न सकिन्न ।
० आजकल कहिं कतै कविताहरु पनि प्रकाशित हुन थालेको देखिन्छ नि ।
– मैले अवसर पाउँदा विभिन्न अवसरहरुमा सानै बेलादेखि कविता लेख्ने र बाचन गर्ने गरेको छुँ । साहित्यमा अत्यन्तै रुची रहेको र साहित्य गोष्ठी तथा विभिन्न साहित्य सम्मेलनहरुमा पनि सहभागी हुने गरेको नाताले हालै अनलाईन पत्रिकामा मेरा केहीं कविताहरु प्रकाशित हुने गरेका छन् । २०५८ सालदेखि प्रकाशित भइरहेको साहित्यिक भित्ते पत्रिकामा पनि हालै एउटा कविता प्रकाशित भएको छ । त्यसले मलाई साह्रै उत्साहित पारेको छ । त्यसैले निकट भविष्यमै एउटा कविता संग्रह तयार पारी प्रकाशन गर्ने जमर्को गर्दैछुँ ।
० तपाईलाई जीवनमा प्रभावित बनाएका असल पात्रहरुको नाम लिनु पर्दा कस कसलाई सम्झने गर्नु भएको छ ?
– मेरो जीवनमा धेरै ब्यक्तित्वहरुले दीर्घकालीन असर पर्ने गरेका छन् । अनन्य मित्र सत्यनारायण प्रजापति (सुमन) जो अहिले सम्म राज्यबाट बेपत्ताको सूचीमा राखेको छ, उनले मलाई सहकारीदेखि कानूनी विचारहरुलाई आदान प्रदानमा निकै धेरै सहयोग गर्नु भएको थियो । त्यसैगरी सहकारी विज्ञ बालमुकुन्द सुवालले पनि जीवनलाई अगाडि बढाउन आर्थिक रुपमा सवल हुनु पर्ने ज्ञान दिनु भएको छ । सामाजिक सेवा कार्यमा कानूनका ज्ञाता न्हुछेबहादुर प्रजापतिले पनि सहयोग गर्नु भएको छ ।
पत्रकारितामा मलाई दोर्याउनु हुने आदरणीय प्रविणराज जोशीलाई म कहिल्यै बिर्सन सक्दिनँ, जसको कारण आज म पत्रकारको रुपमा रहेको छुँ । त्यसैगरी मेरो आदरणीय दाजु कृष्ण प्रजापतिले नेपालभाषा लिपि सिकाएर भाषा, जाति र संस्कृति प्रति अगाढ माया हुनु पर्ने धारणा जगाउन सहयोग पुर्याउनु भएको छ । राजनीतिलाई अगाडि बढाउन स्वर्गीय नारायणभक्त बाटी, त्रिरत्न शाक्य,राम गोपाल चगुथि रविन्सन प्रजापतिले पुर्याउनु भएको योगदान पनि म स्मरण योग्य थान्छु । पछिल्लो समयमा लेखिका बविता बस्नेत र गोबिन्द चौलागाईको सहयोग र सामीत्यतालाई म औधी सम्झने गरिरहेको छुँ ।
० तपाई त सहकारीकर्मी पनि हुनुहुन्छ । अहिले सहकारीमा संकट छ नि ।
–हो म योगदान बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष हुँ । मैले १० वर्ष लगातार अध्यक्ष भएर सो संस्था चलाएँ । २०६७ पछि नेतृत्व हस्तान्तरण गरी म सल्लाहकारको रुपमा रहेको छुँ । त्यसैगरी लोककल्याण बहुउदेश्यीय सहकारीको पनि २०६९ सालदेखि सल्लाहकार छुँ । सहकारीमा हाल संकट सुरु हुनुमा सहकारी प्रति सरकार वा राज्यको हेर्ने दृष्टिकोण नै गलत भएको कारणले हो । कर लिने तिरेको कर अनुसार सेवा सुविधा भने नदिने यो पनि हुन्छ ?
० हाल तपाईं कुन कुन संघ संस्थासंग आवद्ध भइरहनु भएको छ ?
–म हालसालै मात्रै भक्तपुरको ६२ वर्ष पुरानो बिराट नेपालभाषा साहित्य सम्मेलन गुथिको सदस्य हुने सुअवसर पाएको छुँ । यसै वर्ष स्थापित परिवर्तन समाज भक्तपुरको अध्यक्ष भएर विभिन्न गतिविधिमा सक्रिय हुने सुअवसर मिलेको छ । वातावरण संरक्षण मञ्चको आजीवन सदस्य छुँ नै । जिल्ला सहकारी संघ लिमिटेडको लेखा समिति सदस्य भएर २०७५ सालदेखि २०७८ साल सम्म काम गरेको छुँ ।
त्यसैगरी म २०७५ सालमा स्थापित नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको संस्थापन सदस्य हुँ । प्रेस चौतारी नेपाल भक्तपुर शाखाको २०६६ सालमा सदस्यता प्राप्त गरी २०७० मा जिल्ला सचिव र २०७२ साल जिल्ला उपाध्यक्ष हाल प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन आयोगको सदस्य छुँ । नेपाल रेडक्रस सोसाइटीको युवा रेडक्रस सर्कलमा २०५८ सालमा आवद्ध भएर १ वडाको संस्थापक अध्यक्ष भएर काम गरेको म पछि २०६० सालमा नेपाल रेडक्रस सोसाइटीको नवदुर्गा उपशाखाको उप सभापति तथा कार्यवाहक सभापति भएर पनि काम गरेको थिएँ ।
नेपाल स्काउट भक्तपुरको पुर्व रोभर पनि हुँ । फ्रेण्ड अफ नेशन क्लवको संस्थापक, बाल कला समूहको संस्थापक अध्यक्ष ब्लोड डोनर्स एसोसियसन नेपाल जिल्ला शाखाको
संस्थापक सचिव र पछि कार्यबाहक अध्यक्ष पनि भएँ ।