दसैंको शुभकामना
कार्तिक ९, २०७७, आइतबार | विहान १०:०७ बजे | 65
दसैं हामी सवैको घरदैलोमा आइरहेको बेला ठिक त्यसरी नै हामी सवैको घरदैलोमा आइरहेको छ, कोरोना भाइरस अर्थात् कोभिड १९ । हुन त कोरोना भाइरस अहिले होइन, उहीलेदेखि आइरहेको हो । तर पनि नेपालको हकमा पछिल्लो समय यो निकै ठूलो रुपमा फैलिरहेको छ । विशेष गरेर काठमाडौं उपत्यकामा कोरोना भाइरसले व्याप्त भएको अवस्था छ अहिले ।
यही अवसरमा हामी यतिबेला दसैं मनाइरहेका छौं । दसै हामी सवैको घरघरमा आइरहेको छ र यसलाई सहर्ष स्वीकार गर्दै हामी खुशियाली मनाइरहेका छौ ।
समय वलवान छ । यसलाई कसैले रोकेर रोक्न सक्दैन । त्यही हिसावमा दसैं आउँंछ र जान्छ । तर कोरोना कहिले जान्छ हामी कसैलाई पनि थाहा छैन । त्यसकारण कोरोनाबाट बचौ र बचाऔं । कोरोना दशा नबनोस् । दसैंको शुभकामना ।