अग्नि नियन्त्रकद्धारा इनारमा खसेका लामाको उद्धार


कार्तिक ७, २०७७, शुक्रबार | विहान ०८:५७ बजे | 25


भक्तपुर । निमित्त कार्यालय प्रमुख बिजय प्रसाद धौभडेलको नेतृत्वमा आज २०७७ कार्तिक ७ गते फुलपातिको दिन भक्तपुर नगरपालिका वडा नम्बर ३ कोलाछें टोल स्थित अंन्दाजी ३८र३९ फित गहिरो १२र१३ फित पानी रहेको ईनारबाट अग्नि नियन्त्रक निराकार थापा र उमेश ढकाल ईनार भित्र गएर काभ्रे तेमाल नारांथान घरभै भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जे बस्ने बर्ष ३४ को दन्दुप लामा नाम गरेका ब्यक्तिलाई जिवित उद्धार गर्न सफल भैइयो । उक्त टोलिमा अग्नि नियन्त्रक मंजय धौभडेल र भा.स.चा.बिजय मचामसि, प्रहरी प्रभाग दरवार स्क्वाएरका प्रमुख नारायण चौहान ज्यु र वहाको प्रहरी टोलि, लगाएत स्थानियबाट सहयोग गर्नु भएको थियो । संम्पुर्ण सहयोगी हातहरुमा धन्यबाद दिदै उद्धार टोलिलाई सलाम छ । साथै, उक्त्त उद्धार कार्यको लागि प्रयोग गरिएको भर्याङ्गको डोरि चुढिएर उमेश ढकाल सामान्य घाईते समेत भएको छ ।

Comments