वेलफेयर एकेडेमीका नानीहरुले नचाए अभिभावक


फाल्गुन २८, २०८०, सोमबार | दिउँसो ०१:४६ बजे | 40


वेलफेयर एकेडेमीका नानीहरुले नचाए अभिभावक

मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ शंखधर चोकस्थित वेलफेयर एकेडेमीको अभिभावक दिवसमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरियो । वेलफेयर एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष मोहनमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा स्कुलकी प्रिन्सिपल अनिता श्रेष्ठले स्कुलको शैक्षिक वार्षिक गतिविधि बुदाँगत रुपमा प्रस्तुत गर्दै किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरुको शारीरिक, मानसिक, व्यक्तित्व एवं नेतृत्व विकासको प्रयास भइरहेको जानकारी दिनुभयो । संस्कारयुक्त, व्यावहारिक एवं प्रयोगात्मक शिक्षा मार्फत प्रतिस्पर्धी नागरिक तयार गर्न वेलफेयर एकेडेमी क्रियाशील रहेको प्रिन्सिपल श्रेष्ठले बताउनु भयो । कार्यक्रममा कौशलटार इंग्लिस स्कुलकी प्रिन्सिपल लक्ष्मी कुटु, शिक्षक सुमन नापित, विद्यार्थीहरुले शिक्षाको गुणात्मक विकास र विस्तारमा वेलफेयर एकेडेमीको प्रयास प्रशंसनीय रहेको भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । विभिन्न जातीय, भाषिक अनि सांस्कृतिक भेषभूषामा सजिएका विद्यार्थीहरुले लोक आधुनिक, पप, शास्त्रिय आदि गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । प्रतिभा प्रदर्शन अन्तर्गत गायन, नृत्य, कविता, गजल, मुक्तक एवं सन्देशमूलक नाटक प्रदर्शन गर्दै विद्यार्थीहरुले उपस्थित अभिभावक, शिक्षक एवं दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । वेलफेयर एकेडेमीको प्रा»गणमा भएको उक्त कार्यक्रममा स्कुलद्धारा सञ्चालित विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पदक र प्रमाणपत्र सहित वार्षिक पुरस्कार समेत वितरण गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

वेलफेयर एकेडेमीका नानीहरुले नचाए अभिभावक

Comments

ताजा खबर