मध्यपुरको प्रत्येक सामुदायिक स्कुलमा भान्सा घर निर्माण हुने
फाल्गुन २८, २०८०, सोमबार | विहान ०६:३५ बजे | 35
मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा पूर्व प्राथमिक कक्षादेखि ५ कक्षासम्म अध्य्यन गर्ने विद्यार्थीको लागि पौष्टिक खाना खुवाउने गरी केन्द्रीकृत भान्सा घर निर्माण र खाजा वितरण गरिने भएको छ । यसका लागि मध्यपुर थिमि नगरपालिका, विश्व खाद्य कार्यक्रम र जीवनका लागि खानासंग सम्झौता सप्पन्न भएको छ । सम्झौतामा नगर प्रमुख सुरेन्द्र श्रेष्ठसहित सरोकारवाला संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।
फाेटाेमा हेर्नुहाेस्...