दसैंको सातौ दिन घर घरमा फूलपाती भित्र्याइदै
कार्तिक ७, २०७७, शुक्रबार | विहान ०३:३८ बजे | 125
काठमाडौं । आज दसैंको सातौ दिन घर घरमा फूलपाती भित्र्याइदै छ । दसैंमा शुभसाइतको प्रतीकको रुपमा फूलपाती भित्र्याउने गरिन्छन् । फूलपातीमा पूजा कोठामा केराको बोट, उखु, बेलपत्र, धानको बाला लगायतका सामाग्री भित्र्याउने गरिन्छ ।
नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरेर फूलपाती बढाइँ गर्ने गरे पनि यो पटक कोरोनाका कारण औपचारिकतामा मात्र सिमित हुने जनाइएको छ। फूलपाती बढाईमा राष्ट्रपति सहभागि हुने चलन रहेको छ ।
यस्तै हनुमानढोका दरबारको दसैंघरमा गोरखाबाट ल्यार फूलपाती भित्र्याउने परम्परा छ ।