ख्वपको पहिचान अन्तर्गत विशिष्ट व्यक्तित्वहरूको सम्मान
फाल्गुन २७, २०८०, आइतबार | दिउँसो १२:५१ बजे | 40
भक्तपुर । जेसीज् माध्यमिक विद्यालयमा ४५ औँ वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण, साँस्कृतिक कार्यक्रम तथा स्थानीय पाठ्यक्रम ख्वपको पहिचान अन्तर्गत विशिष्ट व्यक्तित्वहरूको सम्मान तथा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री के.पी. अवालको सभापतिमा सम्पन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष वरिष्ठ राजनीतिज्ञ श्रदय नारायणमान बिजुक्छेँ (का. रोहित) को प्रमुख आतिथ्यता रह्यो । स्थानीय पाठ्यक्रम ख्वपको पहिचान अन्तर्गत विशिष्ट व्यक्तित्वहरूको सम्मान तथा अन्र्तक्रिया कार्यक्रमलाई विशेष प्राथमिकता दिएको उक्त कार्यक्रममा नेपाल मजुदर किसान पार्टीका अध्यक्ष, वरिष्ठ राजनीतिज्ञ एवम् श्रदय नारायणमान विजुक्छे (का. रोहित), त्रिभुवन विश्व विद्यालयका शिक्षा शास्त्र संकाय अध्ययनका पूर्व डीन श्री पृथुचरण वैद्य र पुर्व स्थानीय मन्त्रालयका सहसचिव, संस्कृतिविद् एवम् पूर्व प्रिन्सिपल तेजेश्वर बाबु ग्वंगलाई विशेष सम्मान व्यक्त गरियो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू भ.न.पा. २ नं वडा का वडाध्यक्ष श्री हरिप्रसाद बासुकला, भक्तपुर जिल्ला खेलकुदका पुर्व अध्यक्ष श्री दिपक थापाले मन्तव्य व्यक्त गर्नुभएका थिए । साथै विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् शिक्षा सेवी प्रा.डा. श्री अरविन्द्रलाल भोमिले पनि बोल्नुभएको थियो । कार्यक्रमको अवसरमा प्रमुख अतिथि नेमकिपा अध्यक्ष श्रदय नारायणमान बिजुक्छेँले आदर्श निकेटनलाई व्यवस्थित तरिकाले संचालन गर्नूपर्ने, राष्ट्रिय र अन्र्तराष्ट्रिय समूदायको बारे पूर्णरुपमा जानकार हुनुपर्ने, मानवताको बारेमा बुझ्नुपर्ने आदि बारेमा उपस्थित सम्पूर्णमा गहकिला मन्तव्य व्यक्त गर्नुभाये । कार्यक्रममा २०८० फागुन १९ गते सम्पन्न उपत्यकाव्यापी विद्यालयस्तरीय ५ कि.मी. दौड प्रतियोगिताको पुरस्कार पनि वितरण गरियो । कार्यक्रममा प्रिन्सिपल जयराम गोर्खालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमका सभापति श्री के.पी. अवालबाट सम्मानित व्यक्तित्वहरूबाट धेरै कुराहरू अध्ययन र सिक्नुपर्ने तथा प्रेरणाको श्रोत भन्ने बारे कुरा स्पष्ट गरी कार्यक्रम सम्मापन गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रमहरू पनि प्रदर्शन गरिएका थिए ।