सकियो एभरेस्ट स्कुलमा १४ औँ ओपेन डे ः नचाए विद्यार्थीले

फाल्गुन २६, २०८०, शनिबार | दिउँसो १२:२८ बजे | 55

सकियो एभरेस्ट स्कुलमा १४ औँ ओपेन डे ः नचाए विद्यार्थीले

भक्तपुर । फाल्गुन ,२०८० गतेका एभरेस्ट स्कुलले आफ्नो १४औँ ओपेन डे कार्यक्रम सम्पन्न गर्यो। 
उक्त कार्यक्रममा आफ्नो शिक्षण विधि, कक्षा कोठाको व्यवस्थापन, शैक्षिक सामाग्रीहरु, विद्यार्थीहरुको, बालमैत्री वातावरण अवस्था आदिकोबारे आभिभावक , विद्वत बर्ग, शिक्षासेवी  शुभ चिन्तकहरुलाई प्रत्यक्ष , भ्रमण, अवलोकन गर्न र सिर्जनात्मक सुझावका लागि खुला रुपमा आह्वान गरिएको  थियो। 
नर्सरी कक्षा तीन ३ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई  गीत, नृत्य, योगा, सङ्गीत आदि मार्फत आआफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो। जहाँ विद्यार्थीहरुले स्वतस्फूर्त रुपमा गरेको प्रस्तुलिले उपस्थित सबैलाई मुग्ध पारेको थियो । 
एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीको अध्याक्षता सम्पन्न उक्त कार्यक्रममा, विद्यालय व्यस्थापन समितिका अध्यक्ष  रामगोपाल कर्माचार्य लगायत पदाधिकारीको साथै अभिभावकहरुको समेत उल्लेख्य सहभागिता थियो । 
कार्यक्रमलाई प्रगति विवरण प्रस्तुत , सांस्कृतिक कार्यक्रम , नानीहरुको प्रतिभा प्रस्तुतीकरण र कक्षा कोठा अवलोकन जस्ता महत्वपूर्ण विधाहरुमा विभाजन गरी प्रस्तुत गरिएको थियो। 
विद्यालयको प्रगति विवरण तथा भावी कार्यक्रमको बारेमा जानकारी दिनुहुँदै एभरेस्ट भक्तपुरका संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले यस विद्यालयले बाल केन्द्रित शैक्षिक गतिविधिहरुमा जोड दिएको र आगामी दिनहरुमा अझ बालमैत्री र प्रविधि मैत्री शिक्षण सिकाइको साथै असल संस्कार पनि सिकाउँदै जाने प्रतिवद्धता समेत व्यक्त गर्ने भयो। 

फाेटाेमा हेर्नुहाेस्...

सकियो एभरेस्ट स्कुलमा १४ औँ ओपेन डे ः नचाए विद्यार्थीले
सकियो एभरेस्ट स्कुलमा १४ औँ ओपेन डे ः नचाए विद्यार्थीले
सकियो एभरेस्ट स्कुलमा १४ औँ ओपेन डे ः नचाए विद्यार्थीले
सकियो एभरेस्ट स्कुलमा १४ औँ ओपेन डे ः नचाए विद्यार्थीले
सकियो एभरेस्ट स्कुलमा १४ औँ ओपेन डे ः नचाए विद्यार्थीले

Comments

ताजा खबर