एभरेस्टमा बृहत ख्वपको पहिचानको प्रदर्शनी
फाल्गुन २२, २०८०, मङ्गलबार | विहान १०:४७ बजे | 15
भक्तपुर । भक्तपुरको स्थानीय कला, मौलिक, सस्कृति तथा परम्परा, रीतिरिवाज, भेषभूषा, परिकारको साथै परम्परागत खेल, उपचार बिधि आदिलाई एकै छानोमुनी देखाउने उद्धेश्यले एभरेस्ट स्कुलले ख्वपको पहिचान अन्तर्गत दोश्रो बृहत प्रदर्शनी सम्पन्न गर्यो। उक्त प्रदर्शनीलाई ख्वपको चिनारी, इतिहास, स्थानीय जातजाति, संस्कृति , प्रचलित संस्कार, स्थानीय बोलीचाली र लिपि, स्थानीय कला र सम्पदा , स्थानीय सिप, व्यवसाय र प्रविधि आदिलाई नौवटा क्षेत्रमा विभाजन गरिएको थियो।
उक्त प्रदर्शनीमा सस्कृत्तिविद्हरू, इतिहास तथा भक्तपुरको मौलिक परम्पराका जानकार व्यक्तित्वहरू, स्थानिय बुद्धिजीवी, अभिभावकहरूको उल्लेख्य उपस्थिति थियो। प्रदर्शनीमा किताबी ज्ञानलाई सिपमा रुपान्तरण गर्न पाउँदा विद्यार्थीहरू खुब रमाएका पाइयो।
प्रदर्शनीमा नेवार तथा गैर नेवार समुदायका विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिताले भक्तपुरको मौलिक परम्परा नेवारी समुदायमा मात्र नभै अन्य समुदायमा पनि हस्तान्तरण र पुस्तान्तरण भएको अनुमान लगाउन सकिन्थ्यो। प्रदर्शित सामग्रीहरू तथा क्रियाकलापले ख्वपको पहिचान अध्ययन गर्ने मात्र नभई भक्तपुरको बारेमा जान्न चाहने जिज्ञासुहरू समेत लाभान्वित हुनुभएको थियो ।
आगामी दिनहरूमा पनि ख्वपको पहिचान प्रदर्शनीले निरन्तरता पाउने र यसलाई अझ विस्तारित र व्यवस्थित गरिदैं लैजाने कुरामा स्कुलका संस्थापक प्रिन्सिपल श्री भक्त राजभण्डारीले प्रतिवद्धता भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...