विनायकमा अभिभावक अभिमुखीकरण कार्यक्रम
फाल्गुन १९, २०८०, शनिबार | दिउँसो ०३:०१ बजे | 55
मध्यपुर ठिमी ,भक्तपुर आजको एक्काइसौं शताब्दीको माग अनुसारको स्तरीय, वैज्ञानिक, व्यावहारिक ,संस्कारयुक्त र आत्मनिर्भर नागरिक बनाउने उद्देश्यका साथ प्रगतिशील तथा रूपान्तरित शिक्षामा जोड दिइरहेको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी भक्तपुरले यही२०८० फागुन १८ गते अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो । विशेष गरेर गरेर पूर्व प्राथमिक तहका प्ले ग्रुप र नर्सरी कक्षाका विद्यार्थीहरूलाई कसरी शिक्षण गर्ने, प्ले वे मेथडबाट विद्यार्थीहरुलाई सिकाउँदै गए ससाना विद्यार्थीले कसरी सिक्न सक्छन् भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरुका अभिभावकहरूको उपस्थिति रहेको थियो। विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको अध्यक्षतामा तथा अभिभावक अतिथि सुशान प्रजापति, विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला, विद्यालयका कन्सल्ट्यान्ट ढुन्डिराज गिरी अतिथिको रुपमा उक्त कार्यक्रममा रहनुभएको थियो। कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि समय सापेक्ष प्रगतिशील तथा रुपान्तरित शिक्षा प्रदान गर्दै भविष्यमा आत्मनिर्भर नागरिक बनाउनेतर्फ विद्यालय सदैव लागि परेको कुरा बताउनुभयो। अभिभावकहरूलाई पढाइसँग सम्बन्धित विभिन्न गतिविधि तथा एक्टिभिटी बेस लर्निङमा सहभागी गराइएको उक्त कार्यक्रममा अभिभावकहरुलाई सचेतना प्रदान गर्नुभयो। त्यस्तै अभिभावक अतिथि सुशासन प्रजापतिले विद्यालयले हाम्रा नानीहरूको सर्वाङ्गीण विकासमा ध्यान दिँदै मायालु वातावरणमा सचेतनाका साथ दिएको शिक्षाप्रति आभार व्यक्त गर्नुभयो। विद्यालयकी पूर्व प्रा वि इन्चार्ज शोभा प्रजापति ,शिक्षिकाहरु पदम केशरी श्रेष्ठ ,सानु चक्रधर एवं अन्य शिक्षिकाहरूको संयोजनमा आयोजित उक्त कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयको यस उदाहरणीय र प्रशंसनीय कार्यप्रति आभार व्यक्त गर्नुभएको थियो।
फाेटाेमा हेर्नुहाेस्...