जब ससाना नानीहरुले गाउँंगाउँंबाट उठ भने ........
फाल्गुन १७, २०८०, बिहीबार | दिउँसो ०२:५१ बजे | 45
भक्तपुर । भक्तपुरका शिक्षाविद्हरुले परीक्षामा उतीर्ण हुनु मात्रै विद्यार्थीको मापन हुन नसक्ने बताएका छन् । त्यसकारण एउटा विद्यार्थीको सफलता उसको अतिरिक्त क्रियाकलापसँंग पनि जोडेर हेर्नुपर्ने उनीहरुले बताए ।
पूर्व प्रधानाध्यापक एवं शिक्षाविद् रामगोपाल कर्माचार्य सफल विद्यार्थीको मापन उसको अतिरिक्त क्रियाकलापबाट पनि हुनुपर्ने बताए । जाँंचमा पास हुनु मात्रै ठूलो कुरा होइन, भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट इगलिश स्कुलको आयोजना विहीबार भएको जुनियर कल्चरल शो २०८० कार्यक्रममा उनले भने, जाँंचमा उतीर्ण हुनुका साथै विद्यार्थीको सर्वपक्षमा ध्यान दिनुपर्छ । विद्यार्थीको बानी व्यवहार, बोलीचाली, अतिरिक्त क्रियाकलापमा संलग्नतालगायतका विषय उसको सफलताको मापन हुनुपर्ने उनले बताए ।
कार्यक्रममा स्कुलका ससाना विद्यार्थीहरुले गीत, नृत्य, बाजागाजाका साथै विभिन्न खेलकुद प्रदर्शन गरेका थिए । उनीहरुले गाउँंगाउँंबाट उठ..........लगायतका विभिन्न बोलका गीतहरु गाएका थिए । साथै उनीहरुले उशु, बाँंसुरीबाजा, जिम्याष्टिक लगायतको प्रदर्शन पनि गरेका थिए । कार्यक्रममा दुई सय जना भन्दा वढी विद्यार्थीले फरकफरक प्रदर्शन गरेका थिए । आआफनो छोराछोरीहरुको प्रतिभा देख्दा अभिभाबक दंग देखिएका थिए । आआफना छोराछोरीको अतिरिक्त क्रियाकलाप देखेर आमाबुबा दंग परेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीको सर्वपक्षीय विकासका लागि स्कुलले समयसमयमा उतिकै जोडतोडका साथ अतिरिक्त क्रियाकलापहरु गर्दै आएको स्मरण गरे ।
फाेटाेमा हेर्नुहाेस्...