विनायककाे पूर्व प्राथमिक तहमा फुड फेस्टिभल
फाल्गुन १५, २०८०, मङ्गलबार | विहान ०८:५६ बजे | 65
मध्यपुर ठिमी, भक्तपुर स्वच्छ खाना, स्वच्छ दिमागः विद्यार्थीको सर्वाङ्गीण विकास , हाम्रो चाहना भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै आएको शिक्षा, संस्कृति र सभ्यताको धरोहर विनायक शिक्षा निकेतन ई स्कुल, मध्यपुर ठिमी भक्तपुरमा यही २०८० फागुन १५ गते फुड फेस्टिभल कार्यक्रमको आयोजना गरियो । मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का महिला सदस्य अरुणा कारणजितको प्रमुख अतिथ्यता तथा यसै विद्यालयका पूर्व शिक्षक रुकेश प्रजापतिको निर्णायकत्वमा भएको उक्त प्रतियोगितात्मक कार्यक्रममा पूर्व प्राथमिक तहमा अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थीहरु सहभागी भएका थिए। उक्त कार्यक्रमले विशेष गरेर कालिला मन र मस्तिष्कमा परम्परागत खाना र यिनीहरुले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारे जानकारी दिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताउनु भयो । पूर्व प्राथमिक तह अन्तर्गत कक्षा नर्सरी जेकेजी र एसकेजीका बिद्यार्थीहरूका लागि आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरुलाई घरमै बनाइने स्वच्छ तथा स्वस्थकर खाना, यसका परिकार, यिनीहरुले मानव स्वस्थमा पार्ने सकारात्मक प्रभाव र पत्रु खाना (Junk food) बाट विद्यार्थीलाई टाढै राखी घरमै बनाइने खानालाई खाजाको रुपमा प्रोत्साहन गर्नु रहेको विद्यालयका प्रिन्सपल सुरेन्द्र विक्रम प्रजापतिले जानकारी गराउनु भयो । पूर्व प्राथमिक तहका शिक्षिकाहरुको संयोजनमा आयोजित उक्त कार्यक्रममा कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय र सान्त्वना हुन सफल विद्यार्थीहरुलाई. "प्रोत्साहन स्वरूप पुरस्कार बितरण प्रमुख अतिथि मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का महिला वडा सदस्य अरुणा कारन्जीतबाट गरिएको थियो। अभिभावकहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा अभिभावकहरुले बाल सचेतना गराउने यस्ता कार्यले विद्यार्थीहरुमा स्वच्छ खाजा र खानाबारे जानकारी दिने हुनाले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने कुरा बताउनु भएको थियो।
फाेटाेमा हेर्नुहाेस्...