६८ औ स्थापना दिवसको अवसर बिभुषण एवम् नगद पुरस्कार वितरण
कार्तिक ३, २०७७, सोमबार | विहान ०५:४८ बजे | 30
६८ औ स्थापना दिवसको अवसर बिभुषण एवम् नगद पुरस्कार वितरण
भक्तपुर । विश्वभर फैलंदै गइरहेको कोभिड १९ को महामारीबीच पनि आफ्नो ज्यानको पर्वाह नगरी आम नागरिकलाई कोभिड १९ बाट बच्नका लागि जनचेतना जगाउने अभियान सञ्चालन, क्वारेण्टाइन एवम् आइसोलेसन सेण्टर निर्माण, सम्भावित सँक्रमितहरुको स्वाब कलेक्सन, सँक्रमितहरुलाई अस्पतालसम्म पुर्याउने मात्र नभई कोभिड १९ को सँक्रमणका कारण ज्यान गुमाएकाहरुको शव ब्यवस्थापनमा समेत उल्लेखनिय भूमिका निर्वाह गर्नु भएका नेपाल स्काउटका स्काउटर एवँ समाजसेवीको उच्च मूल्याङकन गर्दै नेपाल स्काउटले ६८ औ स्थापना दिवशको अवसरमा पराक्रमी पट्ट प्रथम र दोस्रोबाट बिभुषित गर्दै नगद पुस्कार समेत प्रदान गर्ने घोषणा गरे अनुरुप आज मिति २०७७ कार्तिक १ गते घटस्थापनाको अवसरमा नेपाल स्काउट राष्ट्रीय प्रधान कार्यालयमा आयोजित एक समारोहकाबीच उक्त बिभुषण एवम् नगद पुरस्कार वितरण गरेको छ ।
[[img2]]
कार्यक्रमका बीच नेपाल स्काउटको तर्फ बाट राष्ट्रिय तदर्थ समिति संयोजक श्री लोक बहादुर भण्डारीज्यूले राजेश गाइजु, रोभर लिडर र अरुण सैंजु, स्काउटरलाई क्रमशः पराक्रमी पट्ट प्रथम र नगद पुरस्कार जनही रु १,५०,०००।( का साथै न्हुज किजु रोभर स्काउट, र पुनम कर्माचार्य, समाजसेवीलाई क्रमशः पराक्रमी पट्ट दोस्रो र नगद पुरस्कार जनही रु ७५,०००।( वितरण गर्नु भएको छ । उक्त कार्यक्रममा नेपाल स्काउट राष्ट्रीय तदर्थ समिति सदस्य बिजेंद्र ध्वजू, पूर्व राष्ट्रीय सचिव रामगोपाल कर्मचार्य, प्रधान कार्यालयका निर्देशक राम प्रसाद भट्टराई तथा जिल्ला स्काउट भक्तपुरका पदाधिकारी लगायत स्काउटर र रोभर स्काउट हरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रीय संयोजक भण्डारीले कोभिड १९ जस्तो बिषम परिस्थितिमा स्काउट हनुको साँचो उदहारण प्रशतुत गरेको र समग्र संस्थालाई गौरवान्वित तुल्याएकोमा बिभूषित हरूलाई कोरोना हीरोको संज्ञा दिदै मुक्तकण्ठले प्रसंशा एवं वधाई व्यक्त गर्नु भयो !