पत्रकार महासंघको संस्थापक अध्यक्ष विवाद ः यस्तो हो तथ्य
माघ २८, २०८०, आइतबार | दिउँसो ०१:१३ बजे | 390
काठमाडौं । नेपाल पत्रकार संघ (हाल महासंघ) विवादमा आइतबार राजधानी झण्डैझण्डै झडप नै भयो । आदिवासी जनजाति पत्रकार संघको अगुवाईमा पत्रकार महासंघ उपत्यका शाखाले प्रकाशित पुस्तक विमोचन अवरुद्ध भयो यही कारण । पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहे पनि उनलाई पन्छाएर अर्कै संस्थापक सभापति पुस्तकमा उल्लेख भएको भन्दै विरोध भएको हो ।
यसको सही तथ्यको लागि अहिले पनि उपलव्ध प्रमाण हो, २०२४ सालमा प्रकाशित ग्रीष्मबहादुर देवकोटाद्धारा लिखित पत्रकारिताको इतिहास समेटिएको नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास नामक पुस्तक । पुस्तकको पेज नं १३८ मा नेपाल पत्रकार संघ उपशीर्षकमा लेखिएको छ, ‘नेपालमा सवैभन्दा पहिले २००८ सालमा नेपाल पत्रकार संघ नामक पत्रकारहरुको एउटा संगठन स्थापना भयो । यस संघका सभापति श्री सत्यनारायण बहादुर श्रेष्ठ र सेक्रेटरी श्री भोजबहादुर सिंह न्यौपाने हुनुहुन्थ्यो ।’ ..................
फाेटाेमा हेर्नुहाेस्...