स्वतन्त्र पत्रकार सघ नेपाल काठमाडौं जिल्लाद्वारा उपत्यका भेलाको आव्हावन
माघ २७, २०८०, शनिबार | दिउँसो ०२:५८ बजे | 210
काठमाडौं । स्वतन्त्र पत्रकर सघ नेपाल काठमाडौं जिल्ला अध्यक्ष तथा उपत्यका सयोजक पुष्करराज पाण्डेले उपत्यका भेलाको आव्हावन गरेका छन् । स्वतन्त्र पत्रकर सघ नेपालको आउदै गरेको १३ औ साधारणसभा तथा ७ औ महाधिवेशनलाई लक्षित गरी उपत्यका भेला गर्न लागेको र लामो समयदेखि सघको उपत्यका भेला पनि गर्न नसकिएकोले सघको कामकाजलाई तदारुकका साथ आगामी दिनमा अगाडि बढाउने लक्षका साथ उक्त भेला गर्न लागेको पाण्डेले बताए । साथै २०८० चैत्र मसान्तसम्म सबै जिल्लाहरुको पनि अधिबेशन गरिसक्नुपर्ने र नया र सक्षम ब्यक्तिलाई अगाडि सारिनुपर्ने, सघको केन्द्रीय महाधिवेशनले सघलाई नेतृत्व लिनसक्ने र पत्रकराहरुको हकहितको लागि काम गर्नसक्ने ब्यक्तिलाई अगाडि सारिनुपर्ने भएकाले केन्द्रको राजधानी काठमाडौं जिल्लाको अध्यक्ष र उपत्यका सम्योजकको नाताले उक्त भेला आह्वान गरेको पाण्डेले बताए ।
पाण्डे लगातार दुई पटकसम्म काठमाडौंको नेतृत्व समालिसकेको एक कुशल, सरल, नेतृत्व लिनसक्ने, आफ्नो कामप्रति अडिग शालिन ब्यक्तित्वको रुपमा परिचित छन् । उनको नेतृत्वमा पत्रकारको हक हितको लागि धेरै काम गरेका छन् । साथै कोभिडको समयमा श्रमजिवी पत्रकारहरुको सहजकताको लागि स्वास्थ्य सामग्री र खाधान्य बितरणको शुरुवात नै गर्ने काठमाडौं जिल्ला थियो । त्यस समय उक्त काम पाण्डेको नेतृत्वमासमेत भएको थियो ।
उपत्यका भेला फागुनको दोर्सो साता गर्ने त्यसको लागि फागुनको २ गते काठमाडौं जिल्लाको मिटिङ ले उपत्यकाको ३ जिल्ला मध्ये कुन जिल्लामा गर्ने कुन स्थान र कुन समय गर्ने काठमाडौं जिल्ला उपाध्यक्ष साबित्री बस्नेतले बताईन् ।