प्रमाणपत्र वितरण तथा विशेष कविता गोष्ठी सम्पन्न
माघ २७, २०८०, शनिबार | दिउँसो ०१:३४ बजे | 35
भक्तपुर। भक्तपुर अवस्थित सामुदायिक रेडियो एफएम १०७.६ मेगाहर्जको आयोजनामा प्रमाणपत्र वितरण समारोह तथा विशेष कविता गोष्ठी सम्पन्न भएको छ।
ग्रेस एफएम १०७.६ मेगाहर्जदारा गत महिनाबाट सुरु गरिएको मञ्च तथा रेडियो उद्घोषण एवम् सीप अभिवृद्धिसम्बन्धी एक महिने तालिमको विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका पूर्वमन्त्री डा. केशवमान शाक्यको प्रमुख आतिथ्ययमा समापन एवम् प्रमाणपत्र वितरण समारोहका साथमा विशेष कविता वाचन गोष्ठी - २०८० शनिबार भक्तपुरमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्नुहुदै पुर्व मन्त्रि शाक्यले उद्घोषणकला लाई सरल र चुनौतीको रुपमा नलिई यसलाई एउटा महत्वपूर्ण जिम्मेवारीको रुपमा लिनुपर्ने बताउनुभयो ।
उक्त समारोहमा रास्ट्रिय स्तरमा ख्याति कमाएका २५ भन्दा बढी कविहरुले आफ्नो कविता वाचन गर्नुभएको थियो।
पूर्वमन्त्री शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व ग्रेस एफएम १०७. ६ मेगाहर्जको स्टेशन म्यानेजर केशव लुइँटेलले गर्नुभएको थियो।