भक्तपुरमा आजदेखि अत्यावश्यक बाहेक अरु सेवा बन्द
कार्तिक २, २०७७, आइतबार | विहान ०४:४९ बजे | 35
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कात्तिक २ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
शनिबार भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतसँगको छलफल, परामर्शपछि स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका अन्य सेवा बन्दको निर्णय गरेको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि आइतबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकको सेवा प्रवाह स्थगित गरेको छ भने हालसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने यसबारे केही निर्णय गरेको छैन ।