स्काउट भक्तपुरको निर्वाचन परिणाम सार्वजनिक ः कोको भए बिजयी ?


माघ २६, २०८०, शुक्रबार | विहान ११:१३ बजे | 95


स्काउट भक्तपुरको निर्वाचन परिणाम सार्वजनिक ः कोको भए बिजयी ?

भक्तपुर । नेपाल स्काउट स्थानीय स्काउट परिषद निर्वाचन २०८० का लागि स्थानीय स्काउट परिषद भक्तपुर नगरपालिकाको निर्वाचन शुक्रबार सम्पन्न भएको छ । निर्वाचन विहान नौ बजेदेखि दुई बजेसम्म भएको थियो । 
निर्वाचनमा खुल्ला पुरुषतर्फ सदस्य पदका लागि आठ जना र महिलातर्फ ६ जनाले प्रतिस्पर्धा गरेका थिए । नियम अनुसार पुरुषतर्फ पाँंच जना र महिलातर्फ पाँंच जना निर्वाचित हुने गर्दछ । तालिम दलको सदस्यका लागि भने पवनकुमार बल्ल निर्विरोध निर्वाचित भए । 
परिणाम अनुसार खुला पुरुषतर्फ सदस्य पदका लागि उम्मेदवार तर्फ न्हुज किजुको ५८ मत ल्याएर सवैभन्दा वढी मत पाई विजयी भए । त्यस्तै निरन्जन वेकोजूको ४६ मत लई विजयी भए । बालकृष्ण वनमाला र  किशोर गोसाई ५४ चवन्न मत ल्याई निर्वाचित भए । पूर्णभक्त दुवाल पनि ४३ मत प्राप्त गरी निर्वाचित हुन सफल भए । रोशन गोसाई, वेविश दशेमरु र कपिल दुवाल भने पराजित भए । रोशन गोसाई २४ मत, बेविश देशमारुको ७ मत, कपिल दुवालको २२ मत पाएका थिए ।
खुला महिलातर्फ सदस्य पदका लागि उम्मेदवारतर्फ रीना सुबाल ५२ मत, रुबिना छुस्यावागको ५२ मत, पुष्प प्रजापतिको ४९ मत, सीतामैया त्वनाबासुले ५५ मत र रोजिना बनमालाको ५१ मत पाई विजयी बने । महिलातर्फ विष्णुलक्ष्मी कोजू पराजित भइन् । उनी २६ मतमा सिमित भएको निर्वाचन अधिकृत रामप्रसाद प्रजापतिले बताए  

फाेटाेमा हेर्नुहाेस्...

स्काउट भक्तपुरको निर्वाचन परिणाम सार्वजनिक ः कोको भए बिजयी ?

Comments