स्वतन्त्र पत्रकार कृष्ण किसी सम्मानित
माघ २३, २०८०, मङ्गलबार | विहान ०६:३० बजे | 50
भक्तपुर । स्वतन्त्र पत्रकार कृष्ण किसी सम्मानित भएका छन् । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय सभापति रवि लामिछानेले उनलाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेका हुन् ।
रफत सञ्चार क्लव सूर्यविनायक भक्तपुरको मंगलबार भक्तपुरमा भएको १४ औ वार्षिकोत्सवको अवसरमा पत्रकार किसीसहित गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भटराई र सरोकार टिभीका अध्यक्ष पत्रकार दिलीप थापामगर सम्मानित भएका हुन् । उनीहरु तीन नै जनालाई युवा क्रियाशिलता पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रम राष्टिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सांसद सन्तोष परियार, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, रफत सञ्चार क्वलका अध्यक्ष शुशीलबन्धु थापा, प्रेम थापालगायतले पत्रकारिताको महत्वबारे चर्चा गरेका थिए ।
पत्रकार किसी २५ वर्षदेखि पत्रकारितामा निरन्तर क्रियाशिल छन् । साथै उनी डेढ दसकदेखि ख्वप कलेज देकोचा भक्तपुरमा पत्रकारिता विषय अध्यापनरत छन् । उनी नागरिक दैनिकसँंग पनि आवद्ध छन् ।
फाेटाेमा हेर्नुहाेस्...