भक्तपुरमा जव बालेन स्टाइलले काम भयो.......
माघ २२, २०८०, सोमबार | विहान ०६:३३ बजे | 60
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि पूर्वतिरका राजमार्गको दक्षिणतिरका क्षेत्रहरुमा रहेका अस्थायी सरचनाहरु सोमबारदेखि हटाउन थालिएका छ । नेपाल प्रहरी, सूर्यविनायक नगरपालिकाका नगर प्रहरीको सुरक्षामा डोजरले मिचेर बनाइएका अस्थायी संरचनाहरु भत्काउन थालिएका हो ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रे पुग्ने राजमार्ग खण्ड ६ लेनमा विस्तार गर्ने योजना चालू छ । यही योजना अन्तर्गत राजमार्ग खण्डभित्र पर्ने गरी बनाइएका टहरालगायतका भौतिक संरचनाहरु भत्काउन थालिएको हो ।
राजमार्ग खण्ड विस्तार आयोजनाको अगुवाईमा टहराहरु भत्काउन थालिएका हुन् । फिल्डमा खटिएका आयोजनाका इन्जिनियर विवेक पाण्डेले राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्रअधिकारभित्र बनाइएका अस्थायी संरचनाहरु भत्काउन थालिएका बताए । यो कामलाई निरन्तर रुपमा अगाडि वढाइने जानकारी उनले गराएका छन् । राजमार्ग केन्द्रबाट नाप्दै नाप्दै अनियमित भएकाहरु ध्माधम भत्काइरहेका छन् । त्यसका लागि एउटा डोजरको प्रयोग गरिएको छ ।
अरनिको राजमाग भक्तपुर र सूर्यविनायक नगरपालिकाको सिमाना हो । राजमार्गको उतर क्षेत्र भक्तपुर नगरपालिका क्षेत्रभित्र पर्दछ भने दक्षिण क्षेत्र भक्तपुरकै सूर्यविनायक नगरपालिका क्षेत्रभित्र पर्दछ । पहिलो चरणमा सूर्यविनायक नगरपालिका क्षेत्रभित्रका अस्थायी टहराहरु भत्काउन थालिएका हुन् । राजमार्ग विस्तार अन्तर्गत अहिले धमाधम कामहरु भइरहेको छ । अतिक्रमका कारण सडक विस्तार कार्यमा ढिलाई भएको भन्दै अस्थायी संरचना भत्काउन थालिएको जनाइएको छ ।
अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकदेखि काठमाडौंको सडक भने ६ लेनको छ । सूर्यविनायकदेखि पूर्वतिरको बनेपा जाने राजमार्ग खण्ड पनि ६ लेन नै बनाउने कार्य अहिले धमाधम चालू छ । यही क्रममा मिचेर बनाइएका संरचनाहरु भत्काउन थालिएका हुन् ।
पीडितहरुले विना जानकारी भत्काउन थालेको भन्दै विरोध जनाएका छन् । पूर्व जानकारी दिएको भए आफूहरुको सामान नष्ट नहुने भन्दै उनीहरुले दःख विसाएका छन् । अहिले तत्कालै नगर्नुस् दिनभरिको समय दिनु्स् हामी आफैं भत्काउँंछौ भन्दा पनि दिएन, एकजना पीडित संयोग बस्न्यातले भने, पूर्व सूचना नपाएका कारण हाम्रो सम्पति नष्ट भयो ।
अतिक्रमित संरचनाहरु भत्काइएपछि केही खुशी देखिएका छन् । राजमार्ग विस्तार कार्य छिटो सकेर जाम नहुने विश्वासमा उनीहरुमा खुशी छाएको हो । अहिले विशेष गरेर जगातीदेखि सूर्यविनायकसम्म जहिले पनि जाम हुने गरेको छ । सूर्यविनायकदेखि काठमाडौंसम्म भने यो अघि नै ६ लेन सडक भएकोले यो वीचमा जडिबुटीमा मात्रै जाम हुने गरेको छ ।