ल्होछार कार्यक्रमले पर्यटन प्रबर्द्धन तथा संस्कृतिक संरक्षणमा टेवा पुग्ने : मन्त्री लामा

माघ २१, २०८०, आइतबार | विहान ०५:०५ बजे | 20

ल्होछार कार्यक्रमले  पर्यटन  प्रबर्द्धन तथा संस्कृतिक संरक्षणमा टेवा पुग्ने : मन्त्री लामा

संगम लामा

काठमाडौं । दाङ्बोला ग्युईठिम तामाङ संघको आयोजनामा हिमालयन महायानी बौद्धधर्मावलम्बीहरुको महान तिथि छ्युटल दुइचेन तथा ल्होछारको अबसरमा हाम्रो संस्कृति हाम्रो ,परम्परा भन्ने मुल नाराका साथ ल्होछार शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा बौद्ध जोरपाटी नयाँबस्तिस्थित होटल सन्बमा कार्यक्रमको उद्द्घाटन गर्नुहुदै बाग्मती प्रदेशका खानेपानी , उर्जा तथा सिंचाई मन्त्री तिर्थ बहादुर लामाले ल्होछार पर्व मनाउदा संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन हुनका साथै भाषा, भेष र कलाको संरक्षण र पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बताउनु भएको थियोे ।कार्यक्रममा खेन्बो सर्वोजित गोङ्बा तामाङले ल्होछारको बारेमा ल्होछारको बरेमा प्रवाचन दिदै ल्होछारको महत्त्वबारेमा प्रष्ट पार्नु भएको थियो।त्यसैगरी नगरपालिकाका उपामेयर सान्ननानि लामाले ( तामाङ )सबै जातजातीहरुको संस्कार र सँस्कृतिलाई नगरपालिकाले समनरुपले हेर्न र बिकास निर्माणमा जोड दिने बताउनु भएको थियो। समाजसेवी टेकराज मोक्तान र नृत्यकार करिना तामाङले संचालन गरिएको सो कार्यक्रममा वरिष्ठ गायक बिजय लामा, प्रबिन्स मोक्तान , पोङ्दिला च्यङबा, मिना लामा लगायतका कलाकारहरुले मनोरञ्जन दिएका थिए । कार्यक्रम संघका अध्यक्ष निक्मार तामाङको सभापतित्वमा सम्पन्न भएको थियो

फाेटाेमा हेर्नुहाेस्...

Comments