भक्तपुरबाट दलहरुबाट विस्तृणा हुनेहरु संगठित हुँंदै
माघ १८, २०८०, बिहीबार | दिउँसो ०२:२४ बजे | 35
भक्तपुर । विभिन्न राजनीतिक दलहरुबाट वितृष्णा हुनेहरु भक्तपुरबाट संगठित हुन थालेका छन् । विशेष गरेर कम्युनिष्ट राजनीतिमा लामो समय लागेर वितृष्णामा रहेका उनीहरु जिल्लाबाट संगठित हुन थालेका हुन् ।
विभिन्न पार्टी परित्याग गरी स्वतन्त्र रूपमा न्याय समानताको लागि आवाज उठाउने प्रतिबद्धताका साथ आफूहरु संगठित भएको उनीहरुले जनाएका छन् । भक्तपुर जिल्ला अन्तर्गत ३ वाट नगरपालिकाबाट स्वतन्त्र रुपमा संगठित सदस्य भएकाहरुको संख्या ६ सय १० पुगेको जानकारी गराइयो । भक्तपुरमा भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिकाहरु रहेका छन् । संगठित हुनेहरुको संख्या वढ्ने क्रम निरन्तर जारी रहेको जनाइएको छ ।
विप्लब माओवादीकातर्फबाट पूर्व भक्तपुर जनसता प्रमुख प्रेमध्वज मोक्तानलगायतको अगुवाईमा सदस्यहरु संगठित हुन थालेका हुन् । पहिलो चरणमा हामीले भक्तपुरबाट साथीहरुलाई संगठित बनाउने योजना थालेका छौं, मोक्तानले भने, अहिलेलाई हामीले पदको विभाजन नगरी सवैलाई सदस्य मात्रै भन्दै आएका छौं ।
संगठनले राजनीतिक दलहरुको समर्थन वा विरोध दुवै गर्नसक्ने मोक्तानले बताए । राजनीतिक दलहरुले राम्रो काम गरे समर्थन जनाउने र नराम्रो काम गरे विरोध गर्ने योजना रहेको उनले सुनाए । साथै संगठनको आवश्यकता परे आफूहरु एकजुट भई काममा सहयोग गर्ने योजना रहेको पनि उनले सुनाए । जस्तै कतै सामाजिक काम गरे हामीलाई आमन्त्रण गरे हामी संगठित सदस्यहरु सहयोगमा जुट्छौं, उनले थपे, जसले सामाजिक काम गर्छ, उसले बोलाएपछि हाम्रो जनशक्ति प्रयोग हुन्छ ।
फाेटाेमा हेर्नुहाेस्...