काभ्रेको खार्पाचोकमा बुद्धपार्क उद्द्घाटन र ल्होछार कार्यक्रम हुने
माघ १७, २०८०, बुधबार | दिउँसो ०३:३८ बजे | 0
संगम लामा
काभ्रे रोशी । खार्पाचोक बुद्धपार्क उद्दघाटन तथा ल्होछार संस्कृतिक मुल समारोह समितिको आयोजनामा मन्जुश्री सम्बत २८६० औ ( डुक/ मु पुख्रि ल्हो ) सोनाम ल्होछार हुने भएको छ।
आगामी माघ २५ र २६ गते रोशी गा.पा.- ८ खार्पाचोकमा बुद्धपार्कको उद्द्घाटन तथा ल्होछार सस्कृतिक कार्यक्रमहुने समारोह समितिका संयोजक पुर्ण लामा थोकरले जानकारी दिएको छ। कार्यक्रमको उद्द्घाटन बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेल र
श्रद्घेय गुरु टुल्कु सोनाम गर्वाङ रेम्पोर्छे सरदेश ( चार ) अवतारी लामाले संयुक्तरुपमा गर्नुहुने छ। उक्त कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी , उर्जा तथा सिंचाई मन्त्री माननीय तिर्थ बहादुर लामा,माननीय तथा पुर्ब राज्य मन्त्री सुर्यमान दोङ, बाग्मती प्रदेशका पुर्बमन्त्री माननीय रत्न प्रसाद ढकाल,रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा,उपाध्यक्ष मिम बहादुर वाईबा (ज्वाला ) लगायत अतिथिहरुको उपस्थिति रहने पनि थोकरले जानकारी दिएको छ।
तामाङ समुदायको संस्कार संस्कृतिको
संरक्षण तथा प्रबर्द्धन , भाषा, भेषभुषा र कलाको संरक्षणमा टेवा पुर्याउने उद्देस्यले कार्यक्रमको आयोजना गरिएको खार्पाचोक युवा क्लबका अध्यक्ष लाल बहादुर घिसिङले जानकारी दिएको छ।
कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ, उदय सोतङ, सुरेश अधिकारी , महेष खड्का , बसन्त सापकोटा , भ्वाइस अफ नेपालका बिजेता बिनोद राई, दिपक लिम्बू, कोशिस थोकर, निमा दोङ, बिजय थोकर, र्यपर रोजन थोकर, तोप लामा, प्रयस दोङ, अर्पण थिङ, सागर बोम्जन लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछन् ।कार्यक्रममा लामा , ताम्बा र झाकृीहरुको सामुहिक प्रस्तुति पनि रहनेछन् ।