काठमाडौं । काठमाडौं फलफूलचोकस्थित कृष्ण कार्कीको घरमा भएको ग्यास सिलिण्डर विफोटका कारण खबरसेण्टरको कार्यालयमा समेत क्षति पुगेको छ ।

विष्फोटको कारण एउटा ल्यापटप र २ वटा कम्प्युटरमा क्षति पुग्नुका साथै कार्यालयको झ्यालसका सिसा फुटेको छ भने कार्यालयको पार्टेशन विष्फोटका कारण उछिट्टिएको छ । विष्फोटका कारण झण्डै २ लाख रुपैयाँ बराबरको क्षति हुनपुगेको छ ।

बिहान ११ः३० बजे भएको उक्त विष्फोटका कारण घटनास्थलबाट ५०० मिटर पर रहेको मुनलाईट होटको झ्यालको सीसा समेत चर्किएको छ भने घटनास्थल भन्दा २०० मीटर परसम्मका घर तथा पसलको सीसा फुटेर सडकभर छरिएको छ ।
विष्फोटमा परी ११ जना घाईते भएका छन् । घाईते हुनेहरूमा शान्ति अधिकारी, विन्दा श्रेष्ठ, रमेश श्रेष्ठ, विशाल कँडेल, नरसिंह केसी, अम्बर बस्नेत, चन्द्र केसी, सरला बस्नेत, अर्जुन चोखाल, मेचिनी खत्री र ईश्वर खत्री रहेका छनु । घाईतेको मनमोहन अस्पताल ठमेलमा उपचार भईरहेको छ ।


...

All Comments.......


Please Login/Register To Comments