समाजवाद उन्मुख संविधान भएको देशमा दुईथरीका स्कुल र अस्पताल किन ?

माघ १३, २०८०, शनिबार | दिउँसो ०१:१४ बजे | 85

समाजवाद उन्मुख संविधान भएको देशमा दुईथरीका स्कुल र अस्पताल किन ?

काठमाडौं । गरिवका लागि राष्टिय मानव अधिकार आयोगको कार्यालय खोज्नुपर्ने अवस्था भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । मावन अधिकार तथा सामाजिक मञ्च (मानब अधिकार एलाइन्स) काठमाडौंको शनिबार राजधानीमा भएको जिल्ला सम्मेलन तथा वार्षिक भेलाको उदघाटन गर्दै वक्ता मानव अधिकारबादीहरुले गरिवले छाम्दा पनि मानव अधिकार पाउन नसकेको भनाई राखे । साथै उनीहरुले मावन अधिकारबादी पनि हुने खाने र हुने खाने गरी दुई वर्गको पक्षमा काम गर्ने गरेको आरोप लगाए । साथसाथै उनीहरुले समाजबादउन्मुख संविधान भएको देशमा पनि धनीले पढने र गरिवले पढ्ने अनि धनीले उपचार गर्ने र गरिवले उपचार गर्ने दुई प्रकारको स्कुल र अस्पताल कसरी भयो भनी प्रश्न गरे । 
सम्मेलनको उदघाटन गर्दै मावन अधिकार तथा सामाजिक मञ्च (मानब अधिकार एलाइन्स) का केन्द्रिय अध्यक्ष मीनबहादुर शाहीले राज्यको प्रथम दायित्व मानव अधिकार हुनुपर्ने बताए । उनले नेपालीलाई कि त असुरक्षित देशमा रोजगारीका लागि पठाउनै नहुने पठाए पनि सुरक्षित गर्नुपर्ने बताए । 
आयोजक मावन अधिकार तथा सामाजिक मञ्च (मानब अधिकार एलाइन्स) काठमाडौंका अध्यक्ष मोहन दंगालले सवै नेपालीले समान रुपमा मानव अधिकारका उपभोग गर्न पाउनुपर्नेमा जोड दिए ।  

फाेटाेमा हेर्नुहाेस्...

Comments