नास द्यः को क्षमापूजा तथा उद्घाटन सम्पन्न


2020-06-05 04:26:15

भक्तपुर, २२ जेठ ।
भक्तपुर नगरपालिका वडा नं. ९ सूर्यमढीस्थित जिर्णोद्धार गरिएको नास द्यःको बिहीवार उद्घाटन भएको छ । नासः द्यः जिर्णोद्धार उपभोक्ता समिति र पासा पुचःको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि एवं ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले नास द्यः को क्षमापूजा तथा उद्घाटन गर्नुभयो । उहाँले लकडाउनका समयमा यस वडामा बढीजसो यस्ता कार्यहरु भएको बताउनुभयो ।उहाँले कोरोनासम्बन्धी पहिले जनचेतना जगाउने कार्य मात्र भएकोमा अहिले बाह्य मानिस भित्रिन थालेपछि व्यवस्थापन सम्बन्धी थप जटिलता आउनसक्ने भएकोले थप सचेत र सतर्क हुनुपर्ने बताउनुभयो । समसामयिक टोलका गतिविधिबारे स्पष्ट पार्नुहुँदै उहाँले कोरोना भाइरसका कारण यस आ.व.मा  २ अर्बभन्दा बढी बजेट रहेकोमा अबको आ.व.२०७७।७८ का लागि भक्तपुर नगरपालिकाको बजेटमा समेत संकट आउने भएकाले अहिलेजस्तो विकास निर्माणका कार्यमा खर्च गर्न नसकिने बताउनुभयो ।
नास द्यः जिर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष जित बहादुर खयरगोलीले नगरपालिकाको लगत इष्टमेट ६ लाख ६१ हजार ९ सय ४५ रुपैयाँ रहेपनि कम समयमा उत्साहजनक जनश्रमदानका साथ जम्मा ३ लाख ५० हजार रुपैयाँमै कार्य सम्पन्न भएको बताउनुभयो । नास द्यःको लगत इष्टमेटबारे वडाका प्राविधिक अर्हत बज्राचार्यले स्पष्ट पार्नुभएको उक्त कार्यक्रममा उपभोक्ता समितिका सदस्य हरिराम कुसीले पनि बोल्नुभएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *