मध्यपुर थिमिमा भूकम्प सुरक्षा दिवस


माघ ८, २०८०, सोमबार | दिउँसो १२:४७ बजे | 55


मध्यपुर थिमिमा भूकम्प सुरक्षा दिवस

मध्यपुर थिमि । मध्यपुर इञ्जिनिरि» समाजद्धारा मध्यपुर थिमिमा २६ औं भूकम्प सुरक्षा दिवस कार्यक्रम आयोजना गरियो । गोरखा इको प्यानल भक्तपुरको प्रायोजनमा भएको उक्त भूकम्प सुरक्षा दिवसको प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थमि नगरपालिकाका प्रशासकीय प्रमुख विजयराज सुवेदीले पुरानो बस्ती र थोरै जग्गामा घर भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी बनाउन व्यावहारिक कठिनाई रहेको बताउनु भयो । प्रमुख अतिथि सुवेदीले मध्यपुर थिमि नगरक्षेत्रभित्रका लागि विपद व्यवस्थापन कोष गठन गरिएको र सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षा सामाग्री पनि उपलब्ध गराएको जानकारी दिदैं नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा मार्फत समन्वय भइरहेको दावि गर्नुभयो । मध्यपुर इञ्जिनियरि» समाजका अध्यक्ष शंकर प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ट पूर्वाधारविज्ञ ई.डा.शंकर ढकालले मौलिक संरचना संरक्षण एवं सुरक्षित भवन मापदण्ड सम्बन्धी प्रोजेक्टर मार्फत प्रस्तुती दिनुभयो । त्यसैगरी कार्यक्रममा प्रा.डा. मोहनमुर्ति पन्तले मध्यपुर थिमि नगरपालिकाले विपद् व्यवस्थापनमा गर्नुपर्ने पूर्व तयारीका पक्षहरुबारे बुदाँगत जानकारी दिनुभयो । कार्यक्रममा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सुरेश कवाँले गोरखा इको प्यानलद्धारा उत्पादिन निर्माण सामाग्रीहरुको गुणस्तर अनि घरभवन निर्माण र सुरक्षाबारे बुदाँगत जानकारी दिनुभयो । कार्यक्रममा मध्यपुर इञ्जिनियरि» समाजका अध्यक्ष ई.शंकर प्रजापति, उपाध्यक्ष ई.सागर खम्बु श्रेष्ठ, कार्यसमिति सदस्य ई.उज्जवल श्रेष्ठ, समाजका निवर्तमान अध्यक्ष एवं सल्लाहकार ई.सूर्यबहादुर प्रजापति, पूर्व अध्यक्ष ई.राम श्रेष्ठ, संस्थापक अध्यक्ष ई.विनोद खम्बु लगायतका वक्ताहरुले कार्यक्रमको उद्देश्य एवं महत्वबारे प्रकाश पार्दै भूकम्पका कारण नभई मानव निर्मित कमजोर भौतिक संरचनाका कारण धेरै धनजनको क्षति हुने गरेको बताउनु भयो । थिमि बैंक्वेटमा भएको उक्त कार्यक्रममा मध्यपुर इञ्जिनियरि» समाजका सदस्य, सल्लाहकार एवं सरोकारवालाहरुको उपस्थिति रहेको थियो । समाजले सुरक्षित घर, भवन एवं आवास निर्माण सम्बन्धी सचेतनामुलक कार्य गर्दै आएको समाजका निवर्तमान अध्यक्ष ई.सूर्यबहादुर प्रजापतिले जानकारी दिनुभयो ।

Comments