सकियो तीनदिने पावर प्वाइन्ट तालिम


माघ ७, २०८०, आइतबार | दिउँसो ०३:०५ बजे | 40


सकियो तीनदिने पावर प्वाइन्ट तालिम

भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा भएको तीन दिने पावर प्वाइन्ट तालिम आइतबार सम्पन्न भएको छ ।
समापन कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले संस्थाबाट दिएका विभिन्न तालिमहरुलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । उमेरले काम गर्न छेक्दैन, मन र इच्छाशक्ति भयो भने जस्तोसुकै काम पनि गर्न सकिन्छ, उहाँले भन्नुभयो । व्यक्तिमा अभिव्यक्ति नभए, श्रोतालाई बुझाउन नसके तालिमको औचित्य सकिने उहाँको भनाइ छ । साथै भोलिबादको सधै विरोध गर्नुपर्ने बताउँदै हरेक काम अल्छी नभईकन गरे तुरुन्तै पूरा हुने बताउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाको हरेक राम्रा पक्षलाई समुदायबीच लिएको तालिमबाटै स्पष्ट बुझिने किसिमले प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले तालिमले व्यक्ति मात्रै होइन, व्यक्तित्व बनाउने भएकाले कलालाई अनुशरण गर्नुपर्ने बताउनुभयो । 
प्रशिक्षक जित बहादुर देउजाले पावर प्वाइन्टलाई सजिलै प्रस्तुत गर्न विषयवस्तु प्रस्तुत गर्ने कला पनि सिक्नु आवश्यक भएको बताउनुभयो । उहाँले व्यक्तिसँग उत्साह, ऊर्जा, उमंग र उन्नयन भए अन्य कुरा सहजै अगाडि बढ्ने बताउनुभयो ।
सहभागी २६ जना प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथिबाट प्रमाणपत्र प्रदान गरेको उक्त कार्यक्रममा आयोजक समितिका संयोजक कृष्णश्वरी दुवाल, सदस्य विकल कोजु प्रशिक्षार्थीहरु प्रभा प्रजापति, दयालक्ष्मी धन्छाले पनि बोल्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

सकियो तीनदिने पावर प्वाइन्ट तालिम

Comments