एकीकृत उपभोक्ता संघको अध्यक्षमा पुनः केसी निर्वाचित


माघ ६, २०८०, शनिबार | दिउँसो ०३:३४ बजे | 45


एकीकृत उपभोक्ता संघको अध्यक्षमा पुनः केसी निर्वाचित

एबिसिडी खवर समाचारदाता प्रताप राना 
काठमाडौं । एकीकृत उपभोक्त संघ काठमाडौंको वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार राजधानीमा संपन्न भएको छ । सुविधानगर तीनकुने कौटिल्य विद्यालयको प्राङ्गणमा काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित  एकीकृत उपभोक्ता संघका अध्यक्ष उज्वल  केसीको सभापतित्वमा कार्यक्रम भएको थियो । बागमती प्रदेस सभाका सासद माननीय सुनिल के. सीको प्रमुख आतिथ्यमा संघको २० ओें वार्षिक साधारणसभा तथा अधिवेशन एक भव्य र सव्य समारोहबिच सुसम्पन्न भएको हो । उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू, विशेष अतिथिहरू, उपभोक्ता र टोल सुधार समितीका पदाधिकारी प्रवुध्दवर्गहरूका साथ टोलवासीहरूको बाक्लो उपस्थिति थियो । उक्त अधिवेशनमा केही नयाँ सदस्यबाहेक सबैजना पुरानै अनुहार निर्वाचित भए । अध्यक्ष उज्जल केसीको प्यानल निर्विरोध निर्वाचित भएको हो । केसी यसअघि पनि अध्यक्ष नै थिए । कार्यक्रममा संघको ४० बुदे वार्षिक कार्य प्रगति विवरण तथा गतिविधि विवरण पेस गर्नुको साथै आव २०७९÷८० को वार्षिक आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

एकीकृत उपभोक्ता संघको अध्यक्षमा पुनः केसी निर्वाचित

Comments