श्री द्याेमाँ जगत बृद्धाश्रमका जेष्ठ नागरिकहरूलाई सम्मान


माघ ६, २०८०, शनिबार | दिउँसो १२:४३ बजे | 90


श्री द्याेमाँ जगत बृद्धाश्रमका जेष्ठ नागरिकहरूलाई सम्मान

मध्यपुर थिमि । मुलुककाे बिभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरूकाे टिकटकमार्फत प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित टिकटक लभर्स परिवार ललितपुरले मध्यपुर थिमिकाे बाेडेस्थित श्री द्याेमाँ जगत बृद्धाश्रमका जेष्ठ नागरिकहरूलाई सम्मान तथा नेवा:भाेजन गराएकाे छ ।
परिवारकाे प्रथम बार्षिक साधारणसभाकाे अवसर पारेर  आज माघ ६ गते शनिवार एक कार्यक्रमकाे आयाेजना गरि  बृद्धाश्रमका २०  जना जेष्ठ नागरिकलाई नेवा: भाेज र ७७ बर्षका माथिका ६ जना जेष्ठ नागरिकहरूलाई नेवारी परम्परा अनुसार दही, अण्डा, माछा र दाेसल्लाह ओढाएर विशेष सम्मान गरेकाे थियाे । कार्यक्रमकाे उद्घाटन गर्नुहुँदै अध्यक्ष नापितले सेवा नै धर्म, बाँचाै र बचाऔं , संस्कृति जगेर्ना, आन्तरिक पर्यटक प्रवर्द्धनमा हाम्राे अभियान भन्ने नाराका साथ अघि बढ्दै जादाँ दिनदुखीहरूकालाथि आर्थिक सहयाेग समेत गर्न सकेकाे बताउनुभयाे । उहाँले दिनदु:खीहरूलाई सहयाेग गर्ने क्रममा फाेक्साेमा पानी जमेकाे बिरामी, कलेजाे प्रत्याराेपणका बिरामी र वाेनम्याराे प्रत्यारोपणका बिरामीलाई आर्थिक सहयाेग गरेकाे बताउनुभयाे ।
कार्यक्रममा काठमाडौ मुद्रण संघका अध्यक्ष घनश्याम श्रेष्ठले समाजमा टिकटक भन्नाले नकारात्मक रूपले मात्रै  हेर्ने गरेकाे अवस्थामा टिकटक लभर्स समुहले विभिन्न स्थान तथा धार्मिक स्थलहरूकाे प्रचारप्रसार एवं उजागर गर्ने गरेकाले टिकटकलाई नकारात्मक मात्र  हाेईन सकारात्मक सन्देश दिने रूपले पनि हेर्नू पर्ने बताउनुभयाे भने मध्यपुर पाेष्टका प्रकाशक रामकृष्ण शंखदेवले जुन उद्देश्य र नाराका साथ परिवारकाे स्थापना भएकाे साेही अनुसार कार्य गर्न सफल भएकाे भन्दै आगामी दिनमा अझै बढि से बढि सामाजिक कार्य गर्नमा महत्वपुर्ण  भूमिका खेल्न आग्रह  गर्नुभयाे ।
परिवारका सचिव रबि खड्काले संस्थाले हालसम्म विभिन्न समयमा गरेका सामाजिक गतिविधिहरूमाथि प्रकाश पार्नु भएकाे थियाे भने काेषाध्यक्ष पुनम महर्जनले आर्थिक प्रतिवेदन पेश गर्नुहुँदै १ बर्षमा विभिन्न सामाजिक गतिविधि गर्दा ५ लाख ६२ हजार २ सय ५३ रूपैयाँ आम्दानी गर्दै ४ लाख ८० हजार ७ सय १० रूपैयाँ खर्च गरि ८१ हजार ५ सय ४३ रूपैयाँ बचत भएकाे जानकारी दिनुभएकाे थियाे ।
कार्यक्रममा द्याेमाँ बृद्धाश्रमका अध्यक्ष प्रेमचन्द्र अदुवा श्रेष्ठले बृद्धाश्रमकाे स्थापना तथा गतिविधिका बारेमा प्रकाश पार्नु भएकाे थियाे भने साेही अवसरमा संस्थाका सहसचिव बिनु केसी, सल्लाहकार सजिव चित्रकारलगायतका ब्यक्तिकाले परिवारका बिषयमा बाेल्नुभएकाे थियाे ।
परिवारलाई सहयाेग गर्ने विभिन्न ब्यक्ति तथा सदस्यहरूलाई समेत बिशेष सम्मान र मायाकाे चिनाे प्रदान गरेकाे साेही कार्यक्रममा विभिन्न मनाेरञ्जनात्मक साँगितिक प्रस्तुती समेत गरिएकाे थियोे ।

Comments