कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरू


माघ ४, २०८०, बिहीबार | दिउँसो १२:४९ बजे | 55


कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरू

कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी ‘डिपिक्सन’ आजदेखि नयाँ बानेश्वरको उमोजा कफिमा सुरू भएको छ । प्रदर्शनीमा मिश्रका ३५ वटा कार्टुन समावेश गरिएको छ । १७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले ३ हजार भन्दा धेरै कार्टुन बनाइसकेका छन् । प्रदर्शनीमा मिश्रले पछिल्लो ५ वर्ष भित्र बनाएका ३५ कार्टुन राखिएका छन् । पछिल्लो ५ वर्षका सामाजिक, राजनीतिक घटनाक्रममाथि व्यङ्ग्य गरी बनाइएका कार्टुनहरू प्रदर्शनीमा राखिएका छन् । हिमालय टाइम्सबाट आफ्नो कार्टुनिष्ट यात्रा सुरु गरेका मिश्र अहिले नयाँ पत्रिका दैनिकमा आबद्ध छन् । उनी कार्टुनिष्ट क्लब अफ नेपालका महासचिव समेत हुन । माघ ४ गतेदेखि सुरू भएको यो प्रदर्शनी माग १४ गतेसम्म रहनेछ ।

फाेटाेमा हेर्नुहाेस्...

कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरू

Comments