रास्वपाको लाईनबारे उठ्ने प्रश्नको अन्त्य


माघ ३, २०८०, बुधबार | विहान १०:३२ बजे | 60


रास्वपाको लाईनबारे उठ्ने प्रश्नको अन्त्य

भक्तपुर । राष्ट्रिय सोतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले रास्वपाको लाईन बारे उठ्ने प्रश्नको अन्त्य भएको बताएका छन् ।
आज भक्तपुरमा आयोजीत संगठनमा एकरुपता ल्याउन , संगठनको सवलिकरण गर्न, संगठनमा सिर्जना भएको असहज परिस्थितिलाई सहजीकरण र सबै सगंठनकर्मीलाई पुन ताजगी प्रदान गर्न गरिएको बागमती प्रदेश स्तरिय प्रशिक्षणमा उनले रास्वपका लाइन जलेश्वर बैठकबाट स्पष्ट भएको बताएका हुन् ।
परियारले भने , भक्तपुरमा जुन सुकै पार्टी भए पनि अबको प्रमुख प्रतिपक्षको रूपमा रास्वपा नै देखिएको छ । २००७ सालदेखि नेपालमा जुनखालका परिवर्तनको सुरुवात भयो त्यसलाई मध्यनजर गर्दै ८४ मा रास्वपा प्रमुख दलमा स्थापित हुने उनले बिश्वास ब्यक्त गरे ।
हरेक पार्टीका नीति र कार्यक्रम राम्रा रहेता पनि त्यसलाई ब्यवहारमा लागू गर्ने परिपार्टी नदेखिँदा जन स्तरमा निराशा र आक्रोश देखिएको छ त्सको परिपूर्ती गर्ने पार्टी रास्वपा रहेको बताउँदे परियारले भने राम्रोलाई राम्रो र नराम्रोको बिरोध गर्दै त्यसको नियन्त्रण गरि सम्उन्नत समाज निमार्णमा रास्वपा लागि परेको छ ।
पार्टिबाट प्रशिक्षणहरु तय भएता पनि शुरु गर्ने तयारी भइरहेको बेला भक्तपुरमा बागमती प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमले प्रशिक्षण कार्यक्रमलाई तालिकाबद्ध गर्ने परियारले बताए ।
आज चल्ने उक्त प्रशिक्षण रास्वपा बागमती प्रदेश प्रशिक्षण बिभाग प्रमुख डा सुन्दर सिंह बोहोराले दिने छन।


फाेटाेमा हेर्नुहाेस्...

रास्वपाको लाईनबारे उठ्ने प्रश्नको अन्त्य

Comments