नेपालभाषाका जनकलाकार भृगुराम श्रेष्ठको निधन
माघ २, २०८०, मङ्गलबार | विहान ०७:५८ बजे | 55
नेपाल भाषाका चर्चित जनकलाकार भृगुराम श्रेष्ठको माघ १गते निधन भएको छ । आईतवार बेलुका ५ बजेर ४५ मिनेटमा कलाकार श्रेष्ठको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको छ।
९२ बर्षका उहाँको क्यान्सर रोगबाट पीडित रहेको थियो।
२००९ सालदेखि रेडियो नेपालमा गाउन थालेँका थिए। भने ‘जीवन दबू’ नामक नेपालभाषाको कार्यक्रम गरेको थियो।
उहाँले नेपाल भाषाको ‘माया रे रतन, जि नं छंके माया’ गीत त्यतिबेला साह्रै हिट गीत गाउनु भएको थियो। हिजो अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।