को हुन् सिद्धि गणेशले सम्मान गरेको हरिराम जोशी ?
माघ १, २०८०, सोमबार | विहान ०१:३३ बजे | 50
परिचय
हरिराम जोशीको वि.सं. १९९२ चैत्र कृष्ण द्धितीय सोमबारका दिन माता हेमकुमारी जोशी र पिता भारथ राम जोशीबाट न्हागल टोल ललितपुरमा भएको थियो । हाल उहाँ ५(ग) पोडिखेल, लगनखेलमा बसोबास गर्नुहुन्छ । वि.सं. २००७÷०८ साल देखि विद्यार्थी आन्दोलनमा सहभागी भई सोही समय नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरी ललितपुर नगर कमिटिको प्रमुख भई नेपालको राजनितिक आन्दोलनमा आवद्ध भर्ए कार्य गर्नुभएको थियो । उहाँले सन् १९६२ मा संस्कृति विषमा एम.ए गर्नुभएको थियो । उहाँले विक्रम संवत् २०१७÷०१÷०४ गते कदमकेशरी मास्केसँग बैवाहिक जीवनमा जोडिनु भएका थिए । उहाँले २०२३ श्रावण २३ गते नेपाल सरकारको निर्णयनुसार राष्ट्रिय संग्रहालयको रा.प.तृ पदमा नियुक्ति भई २०५० फागुन २८ गते रक्षा मन्त्रालयको उप–सचिव पदबाट सेवा अवधि पुगी अवकाश प्राप्त गर्नुभएको थिए । उहाँ नेपाल हेरिटेज सोसाइटीका मानार्थ सदस्य पनि हुनुहुन्छ ।
हिन्दु देवी देवता नामक कृतिको लागि गुणराज पुरस्कारबाट पहिलो पटक पुरस्कृत भई हाल सम्म विभिन्न उपाधिहरु र विभिन्न विषयहरुमा सम्मानित हुनुभएको छन् ।
त्यसैगरी वि.सं.२०१० मा समाजको विकास नामक प्रकाशित कृति देखि दजौनौ उहाँको कृतिहरुको प्रकाशन भइसकेका छन् । र सन् १९८१ देखि जोशी रिसर्च इन्स्टिच्युटको मुखपत्रको रुपमा अनुसन्धानमुलक त्रेमासिक जर्नल रोलम्बको प्रधान सम्पादक भई अविच्छिन्न रुपमा प्रकाशन गर्दै आइरहनु भएका छन् । र साथै विभिन्न कृतिहरु प्रकाशोत्मुख अवस्थामा पनि रहेको छन् ।