सकियो सिद्धि गणेश सहकारीको ३० औ स्थापना दिवस


पुष २९, २०८०, आइतबार | दिउँसो १२:३३ बजे | 45


सकियो सिद्धि गणेश सहकारीको ३० औ स्थापना दिवस

भक्तपुर । सिद्धि गणेश वचत तथा श्रृण सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको ३० औ स्थापना दिवस शनिबार भक्तपुरमा भव्य समारोहवीच सम्पन्न भएको छ । स्थापना दिवसको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्नुभएको थियो । 
कार्यक्रममा विजुक्छेंले भक्तपुरका जनता प्रचारप्रसार नगर्ने स्वभावको भएको भन्दै यसको फाइदा विरोधीहरुले लिइरहेको बताए । यही अवस्था अध्ययन गर्दै विरोधीहरुले भक्तपुर भक्तपुरका जनतामाथि मिथ्या भ्रम छर्ने गरेको उहाँंले बताउनुभयो । 
कार्यक्रममा साहित्यकार एवं गीतकार नारायणकुमार आचार्य र संस्कृतिविद् संस्कृतिविद् हरिराम जोशीलाई सम्मान गरिएको थियो । उहाँंहरुलाई विजुक्छेंले दोशल्ला ओढाई, सम्मानपत्र र नगद रु प्रतिव्यक्ति २५ हजार प्रदान गरेर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्वद्धय आचार्य र जोशीले पनि आआफनो धारणा राख्नुभएको थियो । आचार्यले २०२७ सालमा आफू भक्तपुरको दूधपाटीबाट नवदुर्गा चलचित्र मन्दिर फिल्म हलसम्म आउँंदा सवैतिर दुर्गन्धले नाक छोपेर आउनुपरेको तर अहिले भक्तपुरले कायापलट गरेको बताउनुभयो । 
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा श्रृण सहकारी संस्था लिमिटेडका कृष्णगोविन्द लाखाजू, संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र दुमरु, निवर्तनमा अध्यक्ष राजन लाखाजूले पनि आआफनो धारणा राख्नुभएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले सम्मानित दुवै व्यक्तिको जीबनी पढेर सुनाउनुभएको थियो । 
कार्यक्रममा व्यवस्थापनक शिला गोसाईले स्वागत गर्नुभएको थियो । धन्यवाद उपाध्यक्ष विश्वराम दुमरुले गर्नुभएको थियो । सो अवसरमा सभापति एवं संस्थाका अध्यक्ष लाखले प्रमुख अतिथिलाई मायाको चिनो पनि प्रदान गर्नुभएको थियो ।     

फाेटाेमा हेर्नुहाेस्...

सकियो सिद्धि गणेश सहकारीको ३० औ स्थापना दिवस
सकियो सिद्धि गणेश सहकारीको ३० औ स्थापना दिवस
सकियो सिद्धि गणेश सहकारीको ३० औ स्थापना दिवस

Comments