भक्तपुरको अमूर्त सम्पदाहरुको संरक्षणविना भक्तपुरको मौलिकता रहन्न–उप–प्रमुख रजनी जोशी


पुष २९, २०८०, आइतबार | विहान ११:०० बजे | 50


भक्तपुरको अमूर्त सम्पदाहरुको संरक्षणविना भक्तपुरको मौलिकता रहन्न–उप–प्रमुख रजनी जोशी

भक्तपुर । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १६ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन पुस २८ गते शनिवार सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका उप–प्रमुख इन्जीनियर रजनी जोशीले पानसमा दीप प्रज्ज्वलन गरी सभाको उद्घाटन गर्नुभएको थियो । सभामा प्रमुख अतिथि जोशीले संस्थाबाट प्रकाशित “झीगु ख्वप” बुलेटिनको पहिलो अंक सार्वजनिकीकरण पनि गर्नुहु“दै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा हजारौं विद्यार्थीहरुले शिक्षा हासिल गर्ने अवसर प्राप्त भइरहेको छ । ख्वप विश्वविद्यालय स्थापनाको कार्यलाई मूर्त रुप दिन नगरपालिका लागि परेको छ । देशका ठूल–ठूला नगरपालिकाहरुले शिक्षा र स्वास्थ्यमा काम गरेको छैन तर भक्तपुर नगरपालिकाले यसमा राम्रो ध्यान दिंन्दै आएको छ भन्नु भयो । अहिे विदेशीहरुले समेत भक्तपुर नगरपालिकाको गतिविधिलाई चासोको विषय बनाएको चर्चा गर्नुहु“दै सभ्य, सु–संस्कृत समाज सहितको नया“ पुस्ता तयार गर्न भनपा लागि पुरेको छ भन्नुभयो । उहा“ले भक्तपुर नगरपालिकाको हरेक कार्यमा तपाईं जनताहरुको हरतरहको सहयोग पाएर २०७२ सालको भुकम्पले भत्काएका थुप्रै सम्पदाहरु पुननिर्माण हुन सकेको छ । सिंहध्वाका दरवारलाई मौलिक स्वरुपमै पुनःनिर्माण गर्ने कार्य हुँदैछ, जसको निर्माणमा इतिहासमा जसरी स्थानीय सिकर्मी, दकर्मीको सीप, ज्ञान, क्षमताको प्रयोग भएको हो त्यसरी नै पुनःनिर्माण कार्यमा पनि स्थानीय सीपको उपयोग गर्ने हाम्रो धारणा हो भन्नुहु“दै मूर्त सम्पदाहरु देखिने हुन्छ, स्वदेशी तथा विदेशी पाहुनाहरु आएर सम्पदा अगाडि बसेर फोटो खिच्लान् जालान्, तर भक्तपुर त्यति मात्र होइनन्, यहाँका अमूर्त सम्पदाहरुविना भक्तपुरको मौलिकता रहन्न, पोखरी भनेको पानी मात्र होइन यो पर्यावरणसंग पनि जोडिएको विषय हो भन्नु हुँदै उहाँले सम्पदा र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने कार्यमा झीगु ख्वप साकोस जस्ता थुप्रै सहकारी संस्थाहरुले पनि हातेमालो गर्न सकिने कुरा बताउनु भयो । साथै नगरपालिकाले खोलेका शिशु स्याहारका कारण महिलाहरुको कार्यक्षता बृद्धि भएको छ । महिलाहरु पनि रोजगार हुन सहज भएको छ भन्नुभयो । प्रमुख अतिथि जोशीले संस्थाका शेयर सदस्यहरुमध्ये स्नात्तकोतर गर्ने ३५ जना शेयर सदस्यहरु, आयुर्वेदमा एम.डी. गरेका एक जना, स्नातक गरेका एक जना र बी.डी.एस. गरेका एक जना शेयर सदस्यहरुलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रमका विशेष अतिथि भनपा ७ वडाका वडाअध्यक्ष उकेश कवांले सहकारीले बैंकले जस्तै काम गर्ने हो भने बैंक र सहकारीमा के भिन्नता रहन्छ, हामीले समूदायमा आधारित सहकारीलाई प्राथमिकता दिने हो, व्यवसायिक सहकारीलाई प्राथमिकता दिनु हुन्न, त्यस्ता बजारिया सहकारीले गर्दा सहकारीकै बदनाम भएको छ, त्यस्तो सहकारीमा संलग्न नहुनुस्, समूदायमा आधारित सहकारीमा आफ्नो पैसा राखौं भन्नुभयो । त्यस्तो बजारिया सहकारिमा फसेको आफ्नै पैसा फिर्ता लिन पनि १० देखि ५० प्रतिशत कमिशन ख्वाउने कामकुरा समेत भएकोले बजारिया सहकारी ठीक छैन भन्नु भयो । उहा“ले संस्थाद्वारा आयोजित सेल्फ मेकअप तालिम र झोल तथा डल्ला साबुन बनाउने तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र उपहार प्रदान गर्नुभएको थियो । सभामा संस्थाका संस्थापक अध्यक्ष एवं आदर्श आजाद मा.वि.÷कलेजका प्राचार्य श्रीकृष्ण किसीले संस्थामा सम्मानित स्नात्तकोतर तह, एमडी लगायत विषयमा थुप्रै शेयर सदस्यहरुलाई सम्मानित गरिरहन्दा संस्थासंग थुप्रै बौद्धिक सदस्यहरु पनि रहेको भन्ने बुझिन आएको छ र संस्थाले यस्ता बौद्धिक सदस्यहरुलाई पनि ध्यान दिएर कार्यक्रम बनाइनेछ, संस्थाको निश्चित योजना राखेर अगाडि बढ्नु अबको आवश्यकता हो भन्नु हु“दै उहा“ले एस.ई.ई. २०७९ मा उतीर्ण भएका संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई प्रशंसा पत्र, मायाको चिनो प्रदान गर्नुभयो उहा“ले वार्षिक साधारणसभाको सफलताको कामना गर्नुभएको थियो । सभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव जगनाथ प्रजापतिले समयसंगै समाज परिवर्तन हु“दै आएको छ केही दशक अगाडि भक्तपुरका टोलटोलका पुस्तकालय, वाचनालय, टिम क्लबहरुबाट हुने विभिन्न खेलकूद प्रतियोगिताहरु लगायतका कार्यक्रमहरु अहिलेको समयमा सहकारी संघसंस्थाहरुबाट भएको छ । समूदायमा आधारित सहकारीहरु समाजबाट कुनै पनि प्रकारले अलग हुन सक्दैन, तर समूदायमा केही सहकारीहरु समूदायसंग कुनै चिनजान नभएका मान्छेहरुले सहकारी चलाउन आएको छ त्यस्तो सहकारी संस्थाको प्रतिनिधित्व भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन होइन, मात्र समूदायमा आधारित सहकारी संस्थाहरुको मात्र छाता संघ हो भन्नुहु“दै समूदायमा आधारित सहकारी संस्थाले वार्षिक साधारणसभा गरी सहकारीको आर्थिक स्थिति सार्वजनिक गरेको हुन्छ भन्नुभइ झीगु ख्वप साकोसको १६ औं वार्षिक साधारणसभा पूर्ण सफलताको कामना गर्नुभयो । सभामा मित्र सहकारी संस्थाहरुको प्रतिनिधित्व गर्दै सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रुद्रनारायण लाखाले पनि १६ औं वार्षिक साधारणसभाको सफलताको कामना गरेका थिए । सभामा सचिव हरिकृष्ण दनेगुलुले संस्थाको प्रगाति प्रतिवेदन, कोषाध्यक्ष भुवन गोसाई संस्थाको आर्थिक प्रतिवेदन, लेखा सुपेरिवेक्षण समितिका संयोजक रत्वीर किसीले लेखा सुपेरिवेक्षण समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत् गरेका थिए । वार्षिक साधारणसभामा उपाध्यक्ष नारायणप्रसाद कवांले स्वागत र सदस्य इन्द्रमाया लागेले धन्यवाद ज्ञापन गरेका थिए भने सभाको सभापतित्व संस्थाका अध्यक्ष बलराम गोसाईले गरेका थिए । सभाको मुख्य सत्रमा संस्थाको वार्षिक प्रगतिप्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन सर्वसम्मतिबाट पारित भएको थियो भने छैठौं अधिवेशन अन्तर्गत निर्वाचन प्रकृया अनुसार निर्वाचन समितिका संयोजक उकेश कवांले नारायण प्रसाद कवांको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र अनिता सिंख्वालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपेरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । घोषणापछि निर्वाचित पदाधिकारीहरुलाई संयोजक कवांले सपथग्रहण गराएका थिए भने नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद कवांले संस्थालाई सुगतिमा लान हरदम लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाबाट प्रशिक्षित बासुरीबाजा तथा धिमाय् बाजाले प्रमुख अतिथि लगायत अतिथिहरुको स्वागत गर्नुका साथै उद्घाटन कार्यक्रमलाई उल्लासमय बनाएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरको अमूर्त सम्पदाहरुको संरक्षणविना भक्तपुरको मौलिकता रहन्न–उप–प्रमुख रजनी जोशी

Comments