भक्तपुर उद्योग वाणिज्य संघमा पहिलो पटक महिला अध्यक्ष


पुष २७, २०८०, शुक्रबार | दिउँसो ०१:०७ बजे | 60


भक्तपुर उद्योग वाणिज्य संघमा पहिलो पटक महिला अध्यक्ष

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको ३६ औं साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष पदमा रोशनीमैयाँं धौबञ्जा सर्वसम्मत निर्विरोध निर्वाचित भएकी छिन् । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिइन् । अध्यक्ष पदमा निर्वारोध भए पनि सवै पद भने निर्वाचित हुन सकेको छैन । सदस्यहरुमा सहमति हुन नसकेको जनाइएको छ । बाँंकी पदहरु अधिवेशनको दोश्रो दिन शनिबारसम्म सहमति हुन नसके निर्वाचन हुनेछ । नवनिर्वाीचत रोशनीमैया धौबञ्जालाई हार्दिक बधाई तथा शुभकामना ।

Comments