स्तालिन व्यक्ति होइन माक्र्सवाद र लेनिनवाद हो
पुष २६, २०८०, बिहीबार | विहान ०५:२३ बजे | 85
भक्तपुर । “स्तालिन व्यक्ति होइन माक्र्सवाद र लेनिनवाद हो” उक्त भनाई नेमकिपाका केन्द्रीय सदस्य रबिन्द्र ज्याख्वले नेपाल कर्मचारी समाज भनपा ९ समितिको आयोजनामा १४५ औं स्तालिन र १३० औं माओ जन्मजयन्तीको अवसरमा कर्मचारी भेलामा बताउनु भएको हो ।
नेपाल कर्मचारी समाज भनपा ९ समितिको आयोजनामा १४५ औं स्तालिन र १३० औं माओ जन्मजयन्तीको अवसरमा कर्मचारी भेला नेमकिपाका केन्द्रीय सदस्य रबिन्द्र ज्याख्व प्रमुख आतिथ्यतामा कमलबिनायकमा बुधबार सम्पन्न भयो ।
प्रमुख अतिथि रबिन्द्र ज्याख्वले युरोपको विरामी देश भनेर चिनिने रुसको चिसो कथाग्रिने जाडो हुने ककेसियाको जर्जियामा जन्मेका स्तालिन जुत्ता कारखानाका कामदारका छोरा चर्चबाट शिक्षा सुरु गरेता पनि माक्र्स र लेनिनबारेमा अध्ययन गर्नु भएका उनी ग्रासरुतमा काम गर्ने व्यक्ति थियो भन्नुभयो । उहाँले माक्र्सवाद र लेनिनवाद सर्वभौम सिद्धान्त भएको बताउँदै माक्र्सवादका महत्वपूर्ण कुरा भनेको एैतिहासिक व्दन्दात्मक भौतिकवादमा मानव विकास क्रमको इतिहास बर्गसंघर्ष भएको, अर्थशास्त्रमा अतिरिक्त मुल्य वा नाफा श्रमिकको शोषण र दर्शन भनेको वर्ग संघर्ष भएको बताउनुभयो । उहाँले माक्र्सले भनेको हार्नको निम्ति हातमा बाँधेको सिक्रि बाहेक जित्नको लागि संसार छ भन्नु भएको वर्ग संघर्षको सार हो भन्नुभयो । उहाँले पूँजीवादको चरम विकास भएपछि साम्राज्यवादमा बाह्य र आन्तरिक परिस्थिति तयार भएपछि क्रान्ति सफल हुने सिद्धान्त चल्ला कोरल्ने अवस्थाको सिद्धान्त प्रतिपादन गरेको बताउँदै क्रान्तिको परिस्थिति तयार नभएसम्म प्रतिक्रियावादी संघ संस्थामा गएर जनताको सेवा गर्ने सिद्धान्त पनि सिद्धान्त समेत प्रतिपादन भएको बताउनुभयो । उहाँले चीन उपनिवेश भएकोले राष्ट्रिय पूजीपतिहरुसंग मिलेर संघर्षमा सफल भएपछि देश भित्रका सामन्त र पूँजीपतिसंग संघर्ष गर्ने, गाउँबाट शहर धेर्ने माक्र्सवाद र लेनिनवादलाई चिनिया परिस्थिति अनुसार लागु गरेको माओ विचारधारा भएको बताउनुभयो । उहाँले अहिले नवउदारवाद भनेको हतियार बिना आर्थिकबाट शासन सत्ता कब्जा गर्ने भएकोले त्यस विरोध संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो । रुसका अक्टोबर समाजवादी क्रान्ति सफल भएपछि पूँजीपति र सामान्तको सम्पत्ति राष्ट्रियकरण गर्दा धेरै गृहयुद्ध भएको बेला रुसलाई स्तालिनले जोगाएको उहाँले बताउनभुयो । क्रान्ति गर्नुभन्दा जोगाउन सा¥है गा¥हो हुनेमा स्तालिनले समाजवाद कार्यान्वन र सफल प्रयोग गरेको बताउनुभयो । उहाँले स्तालिनलाई संशोधनवादी खुश्चेभहरुले मन्द बिष दिएर हत्या गरेको बताउनुभयो ।
कार्यक्रममा कानुन अध्ययन समाज नेपालका रामप्रसाद प्रजापतिले प्रतिक्रियावादी संघसंस्थामा गएर जनताको सेवा गर्नु नै धर्म भएको महाभारतमा यक्ष प्रश्नमा जस्तै हो भन्नुभयो । उहाँले पूँजीवादी सरकार आफ्नो सत्ता टिकाउन जनतालाई दबाउन कानुन बनाउँछ भने समाजवादीहरु जनताको सेवा गर्न र जनतालाई सजिलो पार्न कानुन बनाउँछ भन्नुभयो । उहाँले संबिधानले निर्दिश आधारभूत कानुन मात्र ३९ वटा बनाउन बाकि भएको अवस्थामा मजदुर किसानहरु सेवा गर्न बनाउने कानुन बनाउन ध्यानै नदिएको बताउँदै युवाहरु विदेश पठाएर देश कमजोर पारि विदेशीबाट देश संचालन गर्न सजिलो पार्ने शासक दलका विदेशी दलालहरुले एमसिसि पास गर्छ भन्नुभयो । उहाँले साईबर क्राइम, चेक बाउँन्स, लेनदेन मुद्दा, विधुतीय अपराध नियन्त्रण कानुन, बैकिङ्क कसुर बारे प्रशिक्षण दिनुभयो ।
कार्यक्रम नेपाल कर्मचारी समाज भनपा ९ समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापत्विमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विकास प्रजापति र सचिव हरिकृष्ण दुवालले पनि बोल्नुभएको थियो ।