सिंहदरवारमा वस्ने शाशकहरु राणाहरु जस्तै भए ः सुवाल
पुष २५, २०८०, बुधबार | दिउँसो ०३:१२ बजे | 55
भक्तपुर । सांसद् प्रेम सुवालले सिंहदरवारमा वसेर शाशण गर्ने नेताहरु उहिलेका राणाहरु जस्तै भएको आरोप लगाएका छन् । अधिकार सिंहदरवारमा मात्रै केन्द्रित गरेर उनीहरुले राणाहरुले जस्तै एकाधिकार गरेको आरोप उनको हो ।
भक्तपुर नगरपालिकाको १५ औं नगरपरिषद्को मंगलबार उदघाटन गर्दै उनले राणाहरुले जस्तै अहिले सिंहदरवारमा बस्नेहरुले सर्वसाधारण जनतालाई शिक्षा दिन नचाहेको आरोप लगाए । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय खोल्छौं र सस्तो चिकित्सक उत्पादन गर्छाै भनेर उहिलेदेखि भनिरहँंदा पनि शाशकहरुले दिएनन्, उनले भने, यस हिसावले अहिलेका नेताहरुमा राणा शाशणको अंश वाँंकी नै छ ।
राणा शाशनमा स्वतन्त्रता छैन भनेर आफूले सुनेको, पञ्चायत कालमा भोगेको र अहिलेको यो गणतन्त्र लोकतन्त्रमा पनि अवस्था भोगेको उनले बताए । उनले सिंहदरवार भनेको भ्रष्टाचारको अखडा भएको एकजना सचिवले बोलेको सम्झंदै सिंहदरवारमा वस्नेहरु नसुध्रेसम्म देशमा केही नहुने विचार राखे ।