सूर्यदर्शन सहकारीको अध्यक्षमा पुनः चन्द्रकृष्ण श्रेष्ठ
पुष २५, २०८०, बुधबार | विहान ०५:५२ बजे | 65
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ शंखधर चोकस्थित सूर्यदर्शन सहकारीको सञ्चालक अध्यक्षमा पुनः चन्द्रकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यसैगरी संचालक उपाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा जगदीश श्रेष्ठ र कोषाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित हुनु भएको संस्थाका व्यवस्थापक जीवन श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी सञ्चालक सदस्यहरुमा दिपेश श्रेष्ठ, केशव श्रेष्ठ र प्रजेन श्रेष्ठ चयन हुनु भएको छ । लेखा संयोजकमा सुर्जराम द्यो श्रेष्ठ र सदस्यद्धयमा पुष्कर श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो । संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भयो । संस्थाका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नपा ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले शेयर सदस्यहरुको आर्थिक उन्नति र सामाजिक विकासमा सहकारीहरुको योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । प्रमुख अतिथि वडाध्यक्ष श्रेष्ठले संस्कृति संरक्षण र सरसफाईमा पनि वडासँग सहकार्य गर्न सहकारीहरुलाई आग्रह गर्दै दाफा भजनका लागि झण्डै २ दर्जन युवाहरुले तालिम सिकीरहेको जानकारी दिनुभयो । संस्थाका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले सञ्चालक अध्यक्षको वार्षिक प्रतिवेदन पेश गर्दै शेयर सदस्य १ हजार ३ सय ५८ जना र शेयरपुँजी २ करोड १४ लाख ७४ हजार ५ सय पुगेको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले १२ करोड १४ लाख ६२ हजार ८ सय १९ रुपैंया निक्षेप संकलन भएको जानकारी दिदैं आ.व.२०७९=०८० मा नाफा ५ लाख १५ हजार ६ सय भएको बताउनु भयो । शेयर सदस्यहरुका लागि निःशुल्क मोबाइल बैंकि» सेवा शुभारम्भ गरिएको कार्यक्रममा शेयर सदस्यका छोराछोरी मध्ये गतवर्षको एसईई परीक्षामा उत्कृष्ट छात्रछात्रालाई पनि सम्मान गरिएको थियो । संस्थाका सचिव सुनिल श्रेष्ठले सञ्चालन गर्नु भएको उक्त कार्यक्रम संस्थाका उपाध्यक्ष सुर्जराम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । संस्थाका कोषाध्यक्ष सुदिप श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा संयोजक रविना श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको वाषिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा मध्यपुर थिमि सहकारी शाखा प्रमुख उभयन्द्र रञ्जित, सहयोगी साकोस बालकुमारीका अध्यक्ष रामकृष्ण श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।