तीनदिने पापड बनाउने तालिम सम्पन्न
पुष २४, २०८०, मङ्गलबार | दिउँसो ०२:३३ बजे | 50
भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को व्यवसाय प्रबद्र्धन उपसमितिको आयोजनामा आइतबारदेखि भएको तीनदिने पापड बनाउने तालिम मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले बचत तथा ऋणको कारोबारका साथै सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको बताउनुभयो । उहाँले लगनशील र पारदर्शी तरिकाले गरेका कार्यहरु सधै सफल हुने र समाजमा समेत आफ्नो पहिचान बनाउन सफल हुने बताउनुभयो । साथै संस्थाबाट लिएको तालिमबाट बजारसँग मेल हुने गरी उत्पादनमा आफ्नो मौलिकता दिन सकियो भने व्यावसायिक रुप दिन सजिलो हुने उहाँको तर्क छ । उहाँले संस्थाबाट तालिम लिएका सदस्यहरुले व्यवसाय सञ्चालन गर्न विनाधितो सहुलियत दरमा अधिकतम पाँच लाख रुपैयाँसम्म व्यवस्था भएकाले यसलाई सही सदुपयोग गरी उद्यमी बन्न आग्रह गर्नुभयो ।
उपसमितिका संयोजक तारादेवी धन्छाले काम ठूलो सानो भन्ने नहुने र इच्छशक्ति भएमा ठूलो काम गर्न पनि सकिने बताउनुभयो । उहाँले तालिमबाट सिकेका सिपलाई व्यावसायिकता दिएपछि मात्र तालिमको सार्थकता रहने बताउनुभयो । प्रशिक्षक उदया शर्माले पापड बनाउन आवश्यक सामग्री स्थानीय बजारमा सजिलै उपलब्ध हुने भएकाले तालिम लिएका सबै प्रशिक्षार्थीहरुले यसको व्यवसाय सञ्चलन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा आयोजक समितिका सदस्य शम्शेर प्रजापतिले तालिमको औचित्यताबारे प्रष्ट्याउनुभएको थियो । संस्थाका सहायक व्यवस्थापक दयालक्ष्मी धन्छा, प्रशिक्षार्थीहरु सत्यनारायण प्रजापति, दुर्गादेवी प्रजापतिले बोल्नुभएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजपतिले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...