अहिंसाबाट मात्रै लोकतन्त्र र शान्ति स्थापना हुने
पुष २४, २०८०, मङ्गलबार | विहान १०:१५ बजे | 60
राम चन्द्र प्रजापति । भारत, (वैशाली), २४ पौष सार्क पत्रकार मञ्च, बिहार इन्डिया च्याप्टर , ह्युमन राइट टुडे र आम्रपाली कला साहित्य सम्मेलन वैशालीको संयुक्त आयोजनामा विश्वशान्ति स्तुपा नजिकै रहेको बुद्ध फन एण्ड फुड भिलेज अडिटोरियममा वैशाली स्वर्ण जयन्तीको अवसरमा एक समारोहको उद्घाटन अन्तर्राष्ट्रिय लोक संस्कृति मौरिससकी संयोजक डा. सरिता बुधु, बिहार हिन्दी साहित्य सम्मेलन, पटनाका अध्यक्ष डा. अनिल सुलभ, दूरदर्शन केन्द्र, पटनाका कार्यक्रम प्रमुख डा. राजकुमार नाहर, मानव अधिकार संयोजक डा. शशी भूषण कुमार, प्रख्यात साहित्यकार डा. उषा वर्मा, सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा र हेलो ढाका न्यूजका मोहम्मद अब्दुर रहमानले संयुक्त रुपमा दीप प्रज्वलन गरि गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै डा. सरिता बुधुले अहिंसाबाट मात्रै लोकतन्त्र र शान्ति स्थापना हुने बताउनुभयो । यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले शान्तिको सट्टा युद्धको चर्चालाई अस्वीकार गर्दै शान्तिको विकल्पका रूपमा विश्वमा मानवअधिकारको प्रत्याभूति असम्भव रहेको बताए । उनले बुद्ध र महावीरको मार्गमा हिँड्नु वर्तमान विश्वको आवश्यकता रहेको बताउँदै सार्क पत्रकार मञ्च यही एजेण्डामा अडिग रहेको बताए । सार्क पत्रकार मञ्च बिहारका अध्यक्ष डा शशिभूषण कुमारले लोकतान्त्रिक सशक्तिकरणका लागि मानवअधिकारको संरक्षण नितान्त आवश्यक रहेको बताए । विश्वमा प्रजातन्त्रको जननीका रूपमा स्थापित वैशाली जिल्ला को स्वर्ण जयन्ती वर्षको अवसरमा युद्ध, शान्ति र मानवअधिकार विषयमा छलफल गरियो । कार्यक्रममा नेपाल, भारत र बंगलादेशका पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...