नेमकिपाबाट ककसले गरे उम्मेदबारी दर्ता ? (उम्मेदबारहरुको फोटोसहित)


पुष २३, २०८०, सोमबार | दिउँसो ०३:१७ बजे | 45


नेमकिपाबाट ककसले गरे उम्मेदबारी दर्ता ? (उम्मेदबारहरुको फोटोसहित)

काठमाडौं । राष्टिय सभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) कोतर्फबाट बागमति प्रदेशको मुकाम हेटौडामा चार जनाले उम्मेदबारी दर्ता गराएका छन् । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि नेमकिपाका चार नेताले सोमवार उम्मेदवारी दर्ता गराएका हुन । (तल फोटो हेर्नुहोला ।)
राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको सोमबार उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ । सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म दर्ता भएको थियो ।
यस निर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।
निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । उक्त निर्वाचनमा प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ । मतदाताको अन्तिम नामावली आइतबार नै प्रकाशित भइसकेको छ।
उम्मेदवारीउपर यही पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ ।

फाेटाेमा हेर्नुहाेस्...

नेमकिपाबाट ककसले गरे उम्मेदबारी दर्ता ? (उम्मेदबारहरुको फोटोसहित)

Comments